आमाको जन्म मिति

मैयाँ लामिछाने
लघुकथा

सिन्धुली

मनु मिस कक्षा तीनमा पढाउनु हुन्छ । सधैंझैँ नियमित कक्षा शिक्षणमा जानू भयो ।”ल आजको पाठ छ परिवारको सदस्यहरुको जन्म मिति र आजसम्म हुने उमेर “मिसले कालोपाटीमा पाठ शिर्षक लेख्दै परिवारमा भएका सदस्यहरुको नाम र जन्म मिति पालैपालो टिपोट गर्दै जानू भयो । कसैले भने कसैले भन्न सकेनन् ।”जस जसले आज भन्न सकेनौ भोलि परिवारमा भएका सबै सदस्यहरुको जन्म मिति र आजसम्म कति वर्षको हुनु भयो तालिका बनाएर ल्याउनु है!” भन्दै आजको कक्षा सकेर जानू भयो ।
भोलिपल्टको कक्षा शिक्षणमा अघिल्लो दिनको गृहकार्य हेर्नु भयो । सिमाले दुईवटा कोठा खाली राखेर अरु कोठा भरेर ल्याएकी थिईन् । मिसले त्यति सामान्य कुरा पनि नलेख्ने भनेर सिमालाई साथिहरूको अगाडि बेस्सरी गाली गर्नुभयो । “पढाइमा चासो नभएपछि हामिले मात्र घोटेर के गर्नु ? “मिस झोक्किँदै” भोलि पनि यो तालिका पूरा गरेर ल्याएनौ भने कानको जरासरा उखेल्छु ।

साथिहरूले भनेँ “खै मिस ऊ आज घरबाटनै स्कुल जान्न भनेर रुँदै थिई उसको हजुरआमाले पिटेर पठाउनु भएको थियो तर बाटैमा रुँदै लुकेर बसिरहेकी थिई ।”
( सिमाले सोची आज स्कुल नगएपछि भोलि त त्यो गृहकार्य मिसलाई देखाउनु पर्दैन भन्ने )

सिमा आँखाभरी आँसु पारेर बुढी औंलाले भुइँ कोट्याउँदै निहुरिरहीन् । कोहि चुपचाप हेरि रहे, कसैले त्यत्ति सजिलो उत्तर पनि किन नलेखेकी होला भनेर जिस्क्याए भोलिपल्ट सिमा स्कुल नै आइनन्। मिसले उसका साथिहरूलाई सोध्नु भयो। “सिमा आज किन पढन नआएकी ?” साथिहरूले भनेँ “खै मिस ऊ आज घरबाटनै स्कुल जान्न भनेर रुँदै थिई उसको हजुरआमाले पिटेर पठाउनु भएको थियो तर बाटैमा रुँदै लुकेर बसिरहेकी थिई ।”
( सिमाले सोची आज स्कुल नगएपछि भोलि त त्यो गृहकार्य मिसलाई देखाउनु पर्दैन भन्ने )
मिस “पख त्यसलाई होमवर्क गर्नको पिरले होला भोलि त कहाँ जान्छे र ?”
साथिहरू स्कुलबाट फर्केपछि सिमा पनि मिसिएर सँगै घर गइन्।भोलिपल्ट अँध्यारो मुख पार्दै सिमा स्कुल आइन्। स्कुलमा मिसले अस्तिको गृहकार्य माग्नु भयो उसले “छैन” भनिन्। साथिहरूले सिमाको कापी निकालेर हेरे फेरि पनि दुईवटा कोठा खाली नै रहेछ। त्यो सुनेर मिसले गाली गर्दै सिमालाई पिट्नु भयो। आफ्नु जन्म मिति र आमाको जन्म मिति पनि लेखेर ल्याउन नसक्नेले के पढ्नु ? “खै यसको किताब कापी ल्याओ म फाल्दिन्छु” भन्दै किताब तान्दा किताबबाट एउटा महिलाको फोटो भुइँमा खस्यो । मिसले त्यो फोटो टिप्नु भयो र सोध्नु भयो । “यो कसको फोटो बोकेर हिँडेकी ? होमवर्क बोक्न मतलब छैन फोटो चाहिँ यसरी बोक्छे ” भन्दै सिमा तिर फोटो र किताब फालिदिनु भयो । सिमा जति गाली खाँदा पनि बोलिनन्,आँसु मात्र बगाएर बसिरहिन्। “भोलि तिम्रो अभिभावक लिएर आउनु तिम्रो पढाईको बिषयमा कुरा गर्नु छ ” मिसले सिमालाई भन्नू भयो र सिमाले मुन्टो मात्र हल्लाईन्।
भोलिपल्ट उसकी बुढी हजुरआमा लौरो टेकेर आउँनु भयो । हजुरआमा “मिस नानी नमस्कार किन मलाई बोलाउनु भएको ?”
मिस ” नमस्कार आमा तपाईंको यो नानी को हो? ” मिसले सिमालाई देखाउदै भन्नू भयो ।
हजुरआमा “मेरो छोरिकी छोरी नातिनी नानी ।”
मिस “अनि तपाईंले राखेर पढाउनु भएको हो ?”
हजुरआमा “हो नानी नराखेर के गर्नु त यसको जाने ठाउँ नै कहाँ छ र ?”
मिस “किन र उसको बा आमा हुनुहुन्न र ?”
हजुरआमा ” बाउ भनेको आमा हुँदासम्म को मात्र रै’छ! बाउको के कुरा गर्नु ? “
मिस “अनि उसको आमा ?”
हजुरआमा “आमाको के कुरा गर्नु नानी।”
बुढी आँखाभरी आँसु पार्दै “यो कुरा नकोट्याउनुस् नानी। “
मिस “चाख राख्दै किन र आमा भन्नुन।”
हजुरआमा “यसलाई यसकी आमाको मायाको कमि नहोस् भनेर मैले मेरो छोराछोरीलाई भन्दा बढी माया गरेको छु नानी । यसले मलाई आफ्नो जन्म दिन र आमाको जन्म दिन सोधेर हैरान पारेकी छे । म कसरी बताऊँ यसलाई ।”यसकी आमाको जन्म दिन , जसले मलाई एउटि टुहुरी सालनाल सहित मेरो हातमा छोडेर गइ । अनि कसरी बताऊँ ? यसको जन्म दिन।
यसले आफ्नु जन्म दिन र आमाको तिथि एकै दिन कसरी मनाउन सक्छे यहीँ सोचेर म यसलाई केहि सम्झाऊँन चाहान्न नानी ।”
यति सुनिसकेपछी मिसको आँखामा पछुतोको अश्रु भेल अविरल बहन्छ र पाठ अनुसार आमाको उमेर किन नलेखेको रहेछ सम्झँदै रुँदै आँसु पुछ्न मिस बाहिर निस्कनु हुन्छ ।