गुम्देलमा ११ वेड्को क्वारेन्टाईन तयार

चैत, २१,

रामेछाप । रामेछापको उमाकुण्ड गाउपालिका वडा नं १ गुम्देलमा ११ वेडको क्वारेन्टाईन तयार भएको छ । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट कोही संक्रमित भए, वाआसंका गरिएका ब्यक्तिलाई राख्नको लागि क्वारेन्टाईन तयार गरिएको सोही वडाका वडा अध्यक्ष नुर्वु शेर्पाले जनता भ्वाईुसलाई जानकारी दिनुभयो ।

वडा कार्यालय नजिकै रहेको महालङ्गुर माविमा तत्कालको लागि ११ बेड्को क्वारेन्टाईन तयार भएको हो । पालिकाको उत्तरी भेगमा अवस्थित वडामा हाल सम्म अवस्था सामान्य रहेको सोही वडाकी स्थानीय तथा पालिकाकी उप -प्रमुख उर्मिला कार्कीले जनता भ्वाईसलाई बताउनुभयो ।

उहाँले वडा बासिहरुमा कुनै संकास्पद बिरामी भेटिएमा क्वारेन्टाईनमा आएर बस्न पनि आह्व गरिएको छ । सबै मिलेर बिपद्को सामाना गर्नुभएको छ ।