तरुण दल रामेछापले गर्यो PPE हस्तान्तरण (भिडियो सहित )

चैत्र २१ ।

रामेछाप । नेपाली कांग्रेसको भातृ संस्था तरुण दल रामेछापले PPE ( Personal Protective Equipment) हस्तान्तरण गरेको छ । शुक्रवार सदरमुकाम मन्थली स्थित जिल्ला प्रहरी कार्यालयलाई १२ थान, तामाकोशी अस्पतालका एम्बुलेन्स चालकलाई १ थान, रामेछाप सामुदायिक अस्पतालका एम्बुलेन्स चालकलाई १ थान, नेपाल रेडक्रस सोसाईटी रामेछापका एम्बुलेन्स चालकलाई २ थान PPE ( Personal Protective Equipment) हस्तान्तरण गरेको हो ।

त्यस्तै तरुण दल रामेछापले जिल्लामा सक्रिय रहेका राष्ट्रिय संचार माध्यममा कार्यरत ३ जना पत्रकारलाई पनि PPE ( Personal Protective Equipment) हस्तान्तरण गरेको छ । कान्तिपुर टेलिभिजनका रामेछाप संवाददाता दिपक भट्ट, News 24 का रामेछाप संवाददाता युवराज श्रेष्ठ र जनता टेलिभिजनका रामेछाप संवाददाता सुमित श्रेष्ठलाई १/१ थान PPE ( Personal Protective Equipment) हस्तान्तरण गरेको तरुण दल रामेछापका अध्यक्ष काजीबहादुर खड्काले जानकारी दिनु भयो ।

PPE ( Personal Protective Equipment) हस्तान्तरण किन भन्ने जनता भ्वाईसको सवालमा तरुण दल रामेछापका उपाध्यक्ष बासु फुयालले भन्नु भयो-“बिश्व भरि फैलिएको कोरोना भाईरस सङ्क्रमणको महामारीबाट एम्बुलेन्स चालक, प्रहरी तथा पत्रकारलाई पनि जोगाउनु राष्ट्रको दायित्व हो भन्ने बोध गराउन हामीले सानो सुरुवात मात्र गरेका हौँ।”हस्तान्तरण कार्यक्रम मन्थली नगरपालिकाका नगरप्रमुख रमेशकुमार बस्नेतको उपस्थितिमा भएको थियो ।