उमाकुण्डमा ट्याक्टर दुर्घटनाः एक गम्भीर घाइते, हेलिकप्टर चार्टर गरी काठमाडौं पठाइयो

चैत्र,२२,

रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका–६ गुप्तेश्वरमा ट्याक्टर दुर्घटना भएको छ । दुर्घटनामा परी पाँच जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भिर भएकाले उद्दार गाउँपालिकाले हेलिकोप्टर चार्टड गरेर काठमाडौं पठाएको पालिकाका प्रमुख शेर बहादुर सुनुवारले जनता भ्वाईसलाई जानकारी दिनुभयो ।
छिमेकी जिल्ला दोलखाको जिरीबाट खाद्यन्न सामाग्री लिएर आएको टयाक्टर शनिबार उमाकुण्ड गाउँपालिकाको गुप्तेश्वरमा दुर्घटना भएमा परेको थियो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका उमाकुण्ड गाउँपालिका वडा नम्बर ६ गुप्तेश्वरका वडा सदस्य जितेन्द्र नेपालीलाई गाउँपालिकाले हेलिकोप्टर चार्टर गरेर काठमाडौं पठाएको हो ।

उमाकुण्ड गाउँपालिकाका अध्यक्ष सुनुवारले रामेछाप जनता भ्वाईससंग भन्नुभयो,‘घाइते पाँच जना मध्ये जितेन्द्र नेपालीको अवस्था गम्भीर भएकाले हेलिकोप्टर चार्टर गरेर काठमाडौं पठाएका छौ, । चार जनालाई मन्थलीको तामाकोसी अस्पताल लगिएको छ । प्रमुख जिल्ला अधिकारी रुद्रा देवी शर्माको पुर्ण सहयोगले हेली चार्टर गरि घाईतेलाई काठमाण्डौ स्थित ट्रमा सेन्टरमा पठाउन सफल भयौँ ।’