भरतपुर अस्पतालमा मृत्यु भएकी युवतीको कोरोना रिपोर्ट नेगेटिभ

चैत, २२,

चितवन – भरतपुर अस्पतलमा उपचारका क्रममा शुक्रबार मृत्यु भएकी युवतीको नतिजा नेगेटिभ आएको छ ।

उपचारको क्रममा शुक्रबार मृत्युपछि बिहान सिन्धुली घर भएकी युवतीको कोरोना भाइरसको आशङ्कामा स्वाब परीक्षणका लागि हेटौँडा पठाइएको थियो ।

उनीसँगै अन्य चार जनाको नतिजा पनि नेगेटिभ आएको भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालले जनाएको छ । सबैको नमुना हेटौँडामा रहेको प्रयोगशालामा पठाइएको थियो ।

बिहीबार राति सिन्धुली घर भएकी २६ वर्षीया उषाकुमारी राईलाई उपचारका लागि भरतपुर अस्पताल ल्याइएको थियो । राति १२ बजे अस्पताल ल्याइएकी राईको भरतपुर अस्पतालको सघन उपचारकक्षमा उपचारकै क्रममा बिहान २ बजे मृत्यु भएको थियो । रासस