लिखु तामाकोशीमा कांग्रेसले मजदुरलाइ एक महिना खाना खुवाउने

चैत, २२,

रामेछाप । नेपाली कांग्रेसको लिखु तामाकोसी वडा नं ६ खिम्ती इकाई कार्य समितिले एक जना कार्यकर्ताले दुई जना श्रमिकलाई एक महिनासम्म खाना खुवाउने भएको छ ।

दैनिक ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्ने श्रमिकलाई समस्या नहोस् भनेर यस्तो व्यवस्था मिलाउने निर्णय गरिएको इकाई सभापति जहानसिंह खत्री जनता भ्वाईसलाई जानकारी दिनुुभयो ।

त्यसैगरी खिम्ती इकाई कार्य समितिले खिम्तीका नेपाली कांग्रेसका नेता कार्यकर्ता तथा अन्य सहयोगी मनहरुबाट संकलन गरेको आर्थिक सहयोगबाट साबुन किनेर वितरण गरेको छ ।

कांग्रेसका वडा अध्यक्ष प्रत्यासी उम्मेदवार भुवन कुमार कार्कीको नेतृत्वमा १ हजार २ सय घरपरिवारलाई कोरोना भाइरस संक्रमणबाट बच्ने उपाय र हात धुने तरीका सिकाउँदै साबुन वितरण गरिएको हो ।

यस संकटको घडीमा रामेछापबासीलाई अन्य कुनै समस्या परेका सहयोग गर्न नेपाली कांग्रेस तयार रहेको जिल्ला सदस्य पदम माझीले बताउनुुभयो ।

अब राहतकोष स्थापना गरी थप सहयोग प्रक्रिया अघि बढाउने योजना समेत बनाइएको छ ।