कोरोना भाइरस रोकथाममा सहयोग गरेको भन्दै स्थानीयमा धन्वाद

चैत,२३,
रामेछापको सुनापति गाउँपालिकाले आफ्ना वडा बासि, राजनीतिक दल, बुद्धि जिवी, समाजसेवी, सरोकारवाला स्थानीय लगाएतलाई धन्वाद दिएको छ ।

आइतबार गाउँपालिकाका अध्यक्ष धावा लामा सहित बसेको बैठकले धन्वाद दिएको हो । लकडाउनको १३ दिनसम्म सहयोग, धैर्यता र संयमता गरेको भन्दै पालिकाले सम्मान गरेको पालिका प्रमख लामा र प्रमुख प्रशासकीय अधिकृत राममणि काफ्लेले हस्ताक्षर गरिएको सुचनामा उल्लेख छ ।

पालिकाले कोरोना भाइरस रोकथामका लागि आइतबार महत्वपूर्ण ९ निर्णय पनि गरेको छ ।

साथै बैठकले पालिकाले छिमेकी गाउँपालि दोरम्बा र खाँडादेवी संगको समन्वय अझ सक्रिय बनाउने, एम्बुलेन्सहरु तयारी अवस्थामा राख्ने, विपद ब्यवस्थापन कोष खडा गर्ने , २६ वटा क्वारेनटाईन र आइसोलेसन तयार गरी संचालनमा ल्याउने, विदेशबाट फर्की सेल्फ क्वारेन्र्टानमा बसेकाहरुको ब्यक्तिगत नमुना संकलन गर्ने, पालिका भित्रका दलित समुदायहरुको बिमा गर्न पहल गर्ने, माझी, पहरी र फरक क्षमाता भएकाहरुको लागि पालिकाले निधारण गरेको राहात वितरण गर्ने, कुनै पनि संघसंस्थाले राहात वितरण गर्ने चाहेमा पालिकासंग पहल गरि पालिकाले वितरण गर्ने लगायतका महत्वपूर्ण निर्णय गरेका छ ।