कोरोना : विश्वमा मृत्यु हुनेको संख्या ६५ हजार नजिक, २ लाख ४६,हजार भन्दाबढी निको भए

चैत, २३,

रामेछाप । कोरोना भाइरसका कारण अमेरिकामा एकै दिन एक हजार ४८ जनाको ज्यान गएको छ। अमेरिकामा मृत्यु हुनेको संख्या आठ हजार चार सय ५२ पुगेको छ। त्यस्तै त्यहाँ ३ लाख ८ हजार ५ सय ३३ जनामा कोरोना संक्रमण देखिएको छ। आइतबार बिहानसम्मको तथ्यांक अनुसार,अमेरिकापछि स्पेनमा संक्रमणदर उच्च देखिएको छ।


स्पेनमा १ लाख २६ हजार १ सय ६८ मा कोरोना संक्रमण पुष्टि भएको छ। इटालीमा १ लाख २४ हजार ६ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ६४ हजार ,७ सय ६ पुगेको छ।

१२ लाख भन्दा बढी मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन्। त्यस्तै, २ लाख ४६,हजार ६ सय ३४ जना उपचारपछि निको भएका छन्।