गैराथोक र अर्चलेको जङ्गलमा भिषण आगोलागी

चैत,२३,

रामेछाप । रामेछापको मन्थली नगरपालिका वडा नं ३ को अर्चले र वडा नं ४ सालुको गैराथोकको जङ्गलमा एकै पटक भिषण आगोलागी भएको छ । आइतबार साँझ भिषण आगलागी भएको मन्थली नगरपालिका वडा नं ५ सुनुवार पानीका स्थानीय नविन कार्कीले जनता भ्वाईसलाई जानकारी दिनुभयो ।
उहाँका अनुसार ओगो के कारण लागयो भन्ने खुलेएको छैन । आगो निकैनै भयवह अवस्थाले लागेको उहाँको भनाई छ ।

घ्याप्चेको पहिरो नजिकै गैराथोकमा र अर्चलेमा आगो अहिले लागिरहेको छ । आगोलागी पाखामा भएका कारण नियन्त्रणमा लिन समस्या छ । अहिले घटना स्थलमा केहि मानिसहरु पुगेको बताएको छ तर आयो नियन्त्रणमा लिन भने सम्भाव नरहेको कार्की भन्नुभएको छ ।

आगोलागी भएको माथील्लो भागमा बस्ति रहेको छ । घटनाबारे थप जानकारी आउन बाँकी छ ।