बागमती प्रदेशद्धारा मन्थली नगरपालिकाको आइसोलेसन वार्ड र क्वारेन्टाइनको निरीक्षण

चैत,२३,

रामेछाप । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय हेटौडाले रामेछाको मन्थली नगरपालिकाले कोरोना भाइरस (कोभिड १९) संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि गरेको पूर्व तयारीको निरीक्षण गरेको छ ।


सो प्रदेशको सामाजिक विकास मन्त्रालय हेटौडाका वरिष्ठ जनस्वास्थ्य प्रशासक शम्भु काफ्लेको नेतृत्वमा आएको टोलीले कोभिड १९ संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि मन्थली नगरपालिकाले गरेको पूर्व तयारीको शनिबार निरीक्षण गरेको हो । सो टोलीले मन्थली नगरपालिकाले तयार गरेको २२ वटा आइसोलेसन वार्ड र क्वारेन्टाइन वेडहरुको अनुगमन गरेको मन्थली नगरपालकाको स्वास्थ्य शाखाका प्रमुख केशव फुयाँलले जनता भ्वईसलाई जानकारी दिनुभयो ।
फुयाँलले भन्नुयो-” प्रदेशबाट टोली आउनुभएको छ, रउहाँहरु अनुगमनको लागि प्रदेशबाट आउनुभएको हो ।”

अनुगमनका क्रममा नगरपालिकाले तयार गरेको आइसोलेसन वार्ड र क्वारेन्टाइन वेड आधारभूत मापदण्ड बमोजिम नै रहेको पाइएको टोलिले बताएको छ । निर्माण गरिएका आइसोलेसन वार्डहरु मापदण्ड बमोजिम तयार भएको मन्त्रालयका जनस्वास्थ्य प्रशासक काफ्लेले बताउनु भएको हो । आवश्यक्ता अनुसार थप आइसोलेसन र क्वारेन्टाइनको व्यवस्था गर्न तयारी अवस्थामा रहन उक्त टालीले नगरपालिकालाई सुझाव पनि दिएको छ ।