रामेछाप प्रशासनद्वारा लकडाउनमा थप कडाइ : अब सवारी पास जारी नगर्ने

चैत्र, २३,

रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापले लकडाउनलाई थप कडाइ गरेको छ । मन्त्रीपरिषद्ले गत शनिबार निर्णय गरेसँगै आइतबार जिल्ला प्रशासन कार्यालय रामेछापले पनि एक सुचना जारी गर्दै अब एक स्थानीय तहबाट अर्को स्थानीय तहसम्म पनि जान नपाइने निर्देशन दिएको छ ।

सुचना

जिल्ला प्रशासन कार्यालयद्धारा जारी गरिएको विज्ञप्तीमा भनिएको छ,एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्को स्थानीय तहमा समेत आवागमनमा नियन्त्रण गर्ने निर्णय भएको हुँदा यस कार्यालयबाट सवारी अनुमति पास जारी नहुने व्यहोरा सबैमामा जानकारी गराइन्छ । रामेछापमा दुई नगरपालिका र ६ वटा गाउँपालिका गरि आठ वटा स्थानीय तह रहेको छ ।