आक्रोश र आग्रह

विश्व यतिखेर कोरोनाले आक्रान्त छ। हिजो शक्ति र सत्ताका लागि लड्ने विश्व आज कोरोनाको विरुद्ध लडिरहेको छ। विश्व, त्यही विश्वभित्रको नेपाल। नेपालभित्रका हामी नेपाली। हामी पनि कोरोना विरुद्ध लडिरहेकै छौँ। सरकारले लक डाउँन गरेको छ। नागरिकले पनि सघाईरहेकै छ्न्,घरभित्र बसेर। यो पनि नसोचौँ कि सरकारलाई सघाएको छु। सरकारलाई बचाईरहेको छु। बरु यसरी सोचौँ न घरभित्र बसेर मैले मलाई नै सघाईरहेको छु। मैले मलाई नै बचाईरहेको छु। घरभित्र बसेर सहयोग गर्दैगर्दा नागरिकप्रती सरकारको दायित्व नै नहुनी हो त ? त्यसो पनि होइन होला। म सानो मान्छे त्यो ठूलो (केन्द्रीय) सरकारको कुरा गर्दिन। ठूलो(केन्द्रीय) सरकारको ठुलै मान्छेले कुरा गर्लान्। म सानो मान्छे सानै(स्थानिय)सरकारको कुरा गर्छु र सानै(स्थानिय)सरकारसँग बढी आशा र अपेक्षा गर्छु।

कति राम्रो काम। हाम्रोमा चाहिँ के खाली बिद्यालय नभएको हो र,आईसोलेसन वार्ड बनाउँन ? मास्क र साबुन बाँड्ने पैसा नभए भन्नुस,हामी युवाहरु तयार छौँ चन्दा उठाउँन। ल साबुन र मास्क त नबाँडनुस कम्तिमा सचेतना त बाँडदिनुस् न जनतामा ? १२ नं वडामा बसोबास गर्ने,जो दुई छाक टार्न सकिरहेको छैन यो बेला,त्यस्ता व्यक्ती र परिवारको पहिचान गरि दुई गाँसको जोहो त गर्दिनुस्।

म मन्थली नगरपालिका वडा नं.१२ को एउटा घरको एक सदस्य। एउटा घरको एक सदस्यमात्र होइन १२ नं वडाको एक सचेत नागरिक पनि हुँ। सचेत नागरिक यस मानेमा कि सहि के हो ? गलत के हो ? त्यो छुट्याउँन सक्छु र स्वविवेकको प्रयोग गर्न सक्छु। कालोलाई कालो भन्छु। सेतोलाई सेतो भन्छु। जे देख्छु त्यो भन्छु। जे देख्छु,त्यो लेख्छु। झुन्डको पछि लाग्दिन। लागिँन। दुई-चार हजारमा बिकिँन। बिक्दिन। तपाईलाई भोट हालिँन। हाल्दिन। किन हालुँ भोट ? तीस वर्ष सम्म के गर्नु भो ? मेरो वडाका लागि ? मेरो गाउँका लागि ? बस्तिबस्तीलाई लथालिङ्ग पार्न सिवाय। डोजर आतंक सिवाय।

तीस वर्षमा गरेका तिन्टा राम्रा काम बताईदिनुस् लु ? सक्नुहुन्छ ? हुन त गर्नु भो नि है, छोरा नातिले खाडिमा बेल्चा हान्न परेन। अष्ट्रेलिया अमेरिकामा भाँडा र ट्वाईलेट चम्काउँन परेन। तपाईँले कहिल्यै आत्म आलोचना गर्नुभयो ? गर्नुभएन। आत्म आलोचना गर्ने क्षमता तपाईँमा भैदिएको भए त जिल्ला समितिको कान्लो उक्लेर केन्द्रको नभए पनि प्रदेशको आँगनमा टेकिसकेको हुनुहुन्थ्यो। प्रजेरो र प्राडो चढेर पाँचतारे होटलहरुमा महँगा-महँगा र ब्रान्डेड-ब्रान्डेड रक्सिका बोतल लडाईरहनु भएको हुनुहुन्थ्यो। दायाँबायाँ सेता साँप्रा र उन्नत स्थन भएका सुन्दरीहरुसँग जिस्किँदै बदेँलका साँप्रा लुछिरहेको हुनुहुन्थ्यो ? जाबो लोकल भट्टीमा पसेर दुईतिन सयको बियर लडाउँन पर्थ्यो होला र ? अर्काकी श्रीमती र छोरीहरुलाई सस्तो प्रलोभनमा पार्न पर्थ्यो होला र ? पर्थेन।

विडम्बना आत्मआलोचना गर्नुभएन। योजनाबद्ध र दिगो विकासमा ध्यान दिनुभएन। परिणाम छर्लङ्ग छ,आँखै अघि। हुन त तपाइँका हनुमान भक्तहरुले यसको विरोध पनि गर्लान्। विरोध गरे भने पनि म यसरी बुझुँला न- भक्तहरु हुन्,शिष्यहरु हुन्। भक्तहरु र शिष्यहरुको काम नै आफ्ना गुरुप्रती आदरभाव राख्नु हो। सम्मान प्रकट गर्नु हो। म एउटा कोमल मान्छे। हैन-हैन कठोर मान्छे पनि। कोमल मान्छेले यति कठोर शब्द बोल्छ ? अहँ बोल्दैन। हैन-हैन म कोमल मान्छे नै हुँ ? यथार्थ भावनामा बहेँ त के गर्नु ? मनमा अटेसमटेस भएका यी सब्दहरु मोबाइलको नोट प्याडमा

हाम्रोमा चाहिँ के खाली बिद्यालय नभएको हो र,आईसोलेसन वार्ड बनाउँन ? मास्क र साबुन बाँड्ने पैसा नभए भन्नुस,हामी युवाहरु तयार छौँ चन्दा उठाउँन।

किप्याडद्वारा, खिम्ती खोलाझैँ गड्गडाई तामाकोशीजस्तै सलल लयबद्द बगे त म के गरुँ ? यो समय यी कुरा गर्नी समय हो र ? हैन नि। गरि त हालेँ। गरि हालिस् त सक्यो। सक्यो ? सक्या छैन,बाँकी नै छ ? के बाँकी छ ? कोरोनाको। कोरोनाको ? उम् कोरोनाको। के बाँकी छ ? छ नि। भन्न त ? लु सुन न त- विकास त यस्तै भयो। त्यस्तै भयो। छ । र हुनेछ ? कम्तिमा जनताको स्वास्थ्यको त अलिकती ख्याल गर्दिनुस्न महोदय ? यो समय। कि विकासमाजस्तै जनताको स्वास्थ्यप्रती पनि चासो नदिने हो र ? सुन्नु भयो होला नि छिमेकी तामाकोशी गाउँपालिकाका ७ नं वडाका वडाध्यक्ष ज्युले आफ्नै वडामा खाली बिद्यालयलाई आईसोलेसन वार्ड बनाउँनु भयो रे। घरघरमा मास्क साबुनसँगै सचेतना बाँड्नु भयो रे। बाहिरबाट आउँनेलाई आईसोलेसनमा बस्न आग्रह गर्नु भयो रे। आहा ! कति राम्रो काम।

हाम्रोमा चाहिँ के खाली बिद्यालय नभएको हो र,आईसोलेसन वार्ड बनाउँन ? मास्क र साबुन बाँड्ने पैसा नभए भन्नुस,हामी युवाहरु तयार छौँ चन्दा उठाउँन। ल साबुन र मास्क त नबाँडनुस कम्तिमा सचेतना त बाँडदिनुस् न जनतामा ? १२ नं वडामा बसोबास गर्ने,जो दुई छाक टार्न सकिरहेको छैन यो बेला,त्यस्ता व्यक्ती र परिवारको पहिचान गरि दुई गाँसको जोहो त गर्दिनुस्। यो बेला। कि १२ नं वडाका वडाबासी सबै सम्पन्न छन् र महोदय ? कि तपाईँले यो सबै सुटुक्क गरिसक्नु भयो र मैले थाहा नपाएको त हैन नि ? यी यथार्थ भावनाहरु हुन्। जुन जति तन्कायो त्यति नै रबर तन्किए जसरी तन्किँदै-तन्किँदै जान्छन्। भो धेरै नतन्काउँ अब। चुडिन्छ क्या। भावनाको रबर। बन्द गरेँ है त। गर्न त कस्लाई सुनाको ? गुण्डाले जस्तो नथर्काउँनुस न,गर्दै छु त। गर ? हस्, गरेँ। धन्यवाद।

– रविन्द्र बुढाथोकी, म.न.पा.-१२। रामेछाप।