कांग्रेसले बनायो कोरोनाबारे जानकारी दिने एप

चैत,२४,

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोरोनाबारे जानकारी दिने वेब एप बनाएको छ।

कांग्रेसले ‘कोभिड १९ स्व : परीक्षण एप’ सोमबारदेखि सञ्चालनमा ल्याएको हो। प्रवक्ता विश्वप्रकाश शर्मा संयोजक रहेको कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले एप सञ्चालनमा ल्याएको हो।

उक्त एपमा कोरोनाबारे अत्यावश्यक जानकारीका साथै विश्व र नेपालको ताजा अपडेट पनि राखिएको प्रवक्ता शर्माले बताउनुभयो ।

‘विशेषज्ञ चिकित्सकहरुको परामर्शमा कांग्रेसको सूचना,संचार तथा प्रचार विभागले आज वेब एप सार्वजनिक गरेको छ,’ शर्माले भने, ‘यसको परिमार्जित भर्सन हामी जिपिएसमार्फत् लिंक गर्ने पहल गर्दैछौं। ज्वरोका विरामीलाई प्रत्यक्ष रूपमा ट्रेस गर्ने प्रणालीको विकास गर्ने तयारी छ।’

महामारी फैलिएको खण्डमा संक्रमित व्यक्तिको घर पहिचान गरेर उसलाई अस्पतालसम्म पुर्‍याउन सरकार वा स्वयमसेवीहरूलाई त्यसले सहयोग पुर्‍याउने शर्माको भनाइ छ।

नेपालमा हालसम्म ९ जनामा कोरोनाभाइरस संक्रमण देखिएकोमा एक जना निको भइसकेका छन् भने बाँकी काठमाडौं र धनगढीमा उपचाररत छन्।