कोरोना संक्रमणबाट बचाउन ब्यक्तिगत लगानीमा सामाग्री हस्तान्तरण

चैत,२४,

रामेछाप । रामेछापको मन्थली नगरपालिका वडा नं १२ गेलुभित्र रहेका १२ जना स्वास्थ्य स्वयम्सेविकाहरुलाई स्थानीय सहयोगी दाताले सहयोग गरेका छन् ।

स्थानीय समाजसेवी खिलेन्द्र खत्री र सञ्जिव कार्कीले निशुल्क कोरोना भाइरस संक्रमणबाट सुरक्षण हुने सामाग्री हात धुने साबुन, स्यानीटाइजर, पञ्जा ,मास्क वडाभित्रका स्वस्थ्य, स्वयम्सेविकाहरुलाई हस्तान्तरण गरेको स्थानीय बोहरा अंकले जनता भ्वाईसलाई जानकारी दिनुभयो । खत्री र कार्कीले विभिन्न समयमा स्थानीयहरुलाई सहयोग गर्दै आउनुभएको छ ।

विश्वमा आतंकित बनेको कोरोना भाइरसको महामारीको चपेटामा परेका र गाउँमा कोरोनाको संक्रमणबाट जोखिम्मा परेकाहरुकाहरुलाइ अस्पतालसम्मा पुर्याउनेहरु सुरक्षीत हुनुपर्ने भन्दै सामाग्री हस्तानतरण गरिएको हो ।