दोस्रो पटक कोरोना भाइरस रोकथामका लागि डिस इन्फेक्टेन्ट किटनाशक औषधी छर्कीयो

चैत,२४,

रामेछाप । रामेछापको मन्थली नगरपालिकाले नगरभित्र कोरोना रोकथामका लागि डिस इन्फेक्टेन्ट किटनाशक औषधी सोमबार दास्रो पटक छर्कीएको छ ।

गएको बिहिबार वडा नं १ को थापाचोकबाट डिस इन्फेक्टेन्ट छर्किन थालेको किटनाशक आज दोस्रो पटक नगरपालिकाको बजार क्षेत्र लगाएतका स्थानमा छकिएको हो ।


सोमबार भैसेश्वर, देवकोटा चोक, प्रशासन जानेबाट, करमबोट, हाटेचौर, आकाशे लगाएतका स्थानमा डिस इन्फेक्टेन्ट किटनाशक औषधी छर्कीएको हो ।

डिस इन्फेक्टेन्ट छर्केर आतङ्कको रुप लिएको कोरोना भाईरसबाट जोगाउन र जोगिने प्रयासमा लागेको मन्थली नगरपालिकाका स्वस्थ्य शाखाका प्रमुख केशव फुयाँलले जनता भ्वाईसलाइ जानकारी दिनुभयो ।