संघीय संसदको अधिवेशन अन्त्य गर्न सिफारिस

चैत,२४

काठमाडौं । सरकारले संघीय संसदको अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

कोरोना भाइरस (कोभिड १९) का कारण प्रतिनिधिसभा बैठक चैत ७ गतेयता बस्न सकेको छैन । १३ र २३ गतेका लागि बोलाइएको बैठक सूचना टाँसेर ३० गतेका लागि बोलाइएको थियो ।

तर त्यसअघि नै सरकारले अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ ।