गाउँ प्रवेश गर्नु अघि अनिवार्य हात धुनुपर्ने

चैत,२५,

रामेछाप । रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ४ हिमगंगामा प्रवेश गर्नु अघि अनिवार्य हात धुने नियम लागु गरिएको छ ।

मंगलबार वडा कार्यालयले वडाका विभिन्न स्थानमा पानीको ब्यवस्था गर्दै गाउँ पस्नुअघि अनिर्वाय हात धुनुपर्ने नियम बनाइएको वडा सचिव तथा सुचना अधिकारी अशोक सुनुुवारले जनता भ्वाईसलाई जानकारी दिनुुभयो ।

हिमगंगाका विभिन्न स्थानमा जनचेतना सहित स्थानीयहरुलाई सुचित गर्र्दै विभिन्न स्थानमा साबुन पानीको ब्यवस्था गरिएको छ ।