प्रधानमन्त्री ओलीले आज राष्ट्रका नाममा सम्बोधन

काठमाडौं, चैत्र २५ः प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्नुहुने भएको छ । कोरोना भाइरसको जोखिम रोक्न सरकारले जारी गरेको लकडाउन, नागरिकको साथ, स्वास्थ्य सेवा, उपचार र सरकारका कदममा सम्बोधन केन्द्रित हुने छ ।

यसअघि प्रधानमन्त्री ओलीले यही विषयमा गत चैत ७ गते राष्ट्रका नाममा सम्बोधन गर्नुभएको थियो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार अहिले बिहान ११ बजे सरकारी निवास बालुवाटारबाट प्रधानमन्त्री ओलीले सम्बोधन गर्नुहुनेछ । सो सम्बोधनको नेपाल टेलिभिजनले प्रत्यक्ष प्रशारण हुने नेपाल टेलिभिजनले लेखेको छ ।