तिम्रो खातिर

( कविता )

प्यारी म तिम्रो दिलको धढ्कन
बन्न सक्छु कि सक्तिन थाहा छैन तर कोशिस अबस्य गर्छु सिर्फ तिम्रो खातिर….प्यारी

तिमी मेरो हरेक कुराको ख्याल राख्छ्यौ सन्चो बिसन्चो , खाएको नखाएको
भोको बसेको हो कि भनि
चिन्ता लिइरहेको
मेरो हरेक पहिरन सुहाएको ,नसुहाएको
बाहिर निस्कदा लवाई मिलेको नमिलेको ,
यी सबै ख्याल राख्न सक्छ्यौ
तर थाहा छैन मलाई
मैले तिम्रो यी सबै साथको वदलामा
तिम्रो आँखाको नानी बनेर
माया दिन सके कि सकिन प्यारी
तर कोशिस भने अबस्य गर्छु
सिर्फ तिम्रो खातिर ……प्यारी

यो मुटुभरी सङ्गालेर
होम क्वारेन्टाइनमा बसिरहेछु
कोरोनासङ्गको युद्ध लड्न
तिमी रणभुमिमा गएको बेलामा पनि
हर क्षण मेरै चिन्तामा बसिरहन्छ्यौ

मेरो हरेक शब्दहरु रेकर्ड गरेझै रिठ्ठो नबिराइ भन्नू
तिम्रो खुबी भनौ या प्रेम ? मेरो एक प्रश्नको लाखौ उत्तर दिन सक्छ्यौ तर मेरो लाखौ गल्तिहरुको
एउटा पनि सजाय दिन सक्तिन भन्छ्यौ यसैले तिमीले दिएका
यिनै अदभूत मायाको शृङ्खलाहरु
यो मुटुभरी सङ्गालेर
होम क्वारेन्टाइनमा बसिरहेछु
कोरोनासङ्गको युद्ध लड्न
तिमी रणभुमिमा गएको बेलामा पनि
हर क्षण मेरै चिन्तामा बसिरहन्छ्यौ

जे होस तिमी दिलमा बस्न सफल छ्यौ

अब तिमी जसरि नै म पनि

तिम्रो दिलमा बस्न सक्यो की सकेन

यसर्थमा
तिमीले आज यति धेरै माया गर्नुपर्ने कुरा कुन शास्त्रमा लेखेको छ?र तिमिले पढ्यौ ? जे होस तिमी दिलमा बस्न सफल छ्यौ
अब तिमी जसरि नै म पनि
तिम्रो दिलमा बस्न सक्यो की सकेन
त्यो त भन्न सकिन तर कोशिस भने अबस्य गर्नेछु सधैभरी सिर्फ तिम्रो खातिर……..प्यारी
सिर्फ तिम्रो खातिर……..प्यारी —

कवि लिट्टिल स्टार अङ्ग्रेजी विद्यालयका फाउन्डर/प्रिन्सिपल हुन् ।