दाउराबालेर खाना पकाउँदै आर्यन

चैत २६

लकडाउनका कारण अहिले सबै मानिसहरु घरभित्र नै थुनिएर बसेका छन् । कलाकारहरु पनि लकडाउनको पालना गर्दै घरमा नै थुनिएर बसेका छन् ।

लकडाउनको समय घरमा थुनिएर बस्दा आफ्नो दिनचर्याहरु कलाकारले सामाजिक संजालमा सार्वजनिक गरिरहेका हुन्छन् ।

यस्तैमा, नायक आर्यन सिग्देलले पनि सामाजिक संजालमा तस्विर सार्वजनिक गरेका छन् । उनले दाउरा बालेर खाना बनाइरहेको तस्विर फेसबुकमार्फत् सार्वजनिक गरेका छन् ।

सार्वजनिक तस्विरमा आर्यनले हातमा ढुंग्री लिएका छन् । जुन आगो फुक्नको लागि प्रयोग गरिन्छ । उनले प्रयोग गरेको चुल्हो अस्थायी चुल्हो हो ।

तस्विर सार्वजनिक गर्दै उनले आगोमा पकाएको खाना निकै स्वादिलो हुने लेखेका छन् । उनले लेखेका छन्, ‘आगोमा पकाएको खानाको स्वाद नै बेग्लै’ । उनले सम्पूर्णलाई सुरक्षित र घरमै बस्नको लागि समेत आग्रह गरेका छन् ।