नियती

कविता, बलदेब कार्की, रामेछाप


जिन्दगी धेरै पछाडि रहयो
समयले नै धकेलेसी।
खुशीयाली छाएन यहाँ कतै
आशाको दीप नै नजलेसी।।

शुन्यतामा बिलायो संसार
ऑधी हुरी बतास चलेसी।
गन्तब्य नै कता कता विलिन भयो
अगाडि बढ्न पाइला नै नचलेसी।।

सुन्दर सजिएको संसार उजाड भयो
हेर्ने नयनले नदेखेसी।
थिए चाहनाहरू अधुरो नै रह्यो
भावीले नै नलेखेसी।।


यस्तै रहेछ चलन,मनको जलन
आफन्तले नै पराइ देखेसी।
कता कता विरानो हुँदो रहेछ
सधैँ आफूले टेकेको बलेसी।।