रामेछापमा कोरोना भाइरससंग मिल्दो जुल्दो लक्षण देखिएका एकको मृत्यु

चैत,२६,

रामेछाप । रामेछापको मन्थली स्थित तामाकोशी अस्पतालमा कोरोना भाइरससँग मिल्दो जुल्दो लक्ष्ण देखिएका एक जना बृद्धको मृत्यु भएको छ । उनलाई लगातार तीन दिन देखी ज्वारो, सुख्खा खोकी लागेको,श्वशप्रशवासमा समस्या भएको र रगतमा ईन्फेक्सन भएको थियो । अस्पतालले मृतकको नाम भने खुलाएको छैन ।
ज्वारो आएर तामाकेशी अस्पतालमा उपचारको लागि मंगलबार राती ११ बजे अस्पताल ल्याएर रगत चेकजाँच गर्ना साथ उनको ११ : ४५ बजे मृत्यु भएको उपचारमा संलग्न तामाकोसी अस्पतालकी अनमी हितमायाँ बुढाथोकीले जनता भ्वाईसलाई जानकारी दिनुभयो ।

६७ वर्षीय वृद्ध मन्थली नगरपालिका ११ गेलु निवासी रहेका छन् । मृतक ब्यक्तीको स्वाब परिक्षणको लागि धुलिखेल पठाईएको छ । रिपोट दिउँसो २ बजे सम्म आउने र त्यसपछी घटना बारे जानकारी हुने अस्पतालका प्रमुख डा. सुमन कमचार्यले जनता भ्वाईसलाई बताउनुभयो ।

मृतकको प्रकृती हेर्दा कोरोनाको लक्षणसग मिल्दोजुल्दो रहेको आशंका गरिएको छ –अनमी बुढाथोकीले जनता भ्वाईससंग भन्नुभयो ।
मृतको शव मन्थली प्रथामिक स्वास्थ्य केन्द्र लगिएको बताएको छ ।