‘अर्को हिटलर र मुसोलिनी जन्मिन पनि सक्छन् संसारमा – उपप्राध्यापक घिमिरे

कोरोना विशेष अन्तर्वार्ता — समाजशास्त्र केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालय)

(त्रिभुवन विश्वविद्यालय, समाजशास्त्र केन्द्रीय विभागका उपप्राध्यापक दिपेश घिमिरेसमसामयिक विषयमा नियमित कलम चलाउँछन् । उनका समाज, सुशासन तथा भ्रष्टाचारका विविध पक्षलाई समेटिएका एकल र संयुक्त गरी पाँचवटा पुस्तक प्रकाशित छन् । ‘पोलिटिकल करप्सन इन नेपाल’, ‘समाज र भ्रष्टाचार’, ‘स्थानीय शासन अवधारणा र अभ्यास’, ‘रिफ्लेक्सन अफ नेप्लिज सोसाइटी’ र ‘द मिनास’ उनका प्रकाशित पुस्तकहरू हुन् ।

त्यसैगरी घिमिरेले दर्जनांै अनुसन्धानमूलक लेखहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलहरूमा प्रकाशित गरेका छन् । हाल समाजशास्त्रमा विद्यावारिधिगरिरहेका घिमिरेले आफ्नो विद्यालय शिक्षा रामेछापकै मन्थली माविबाट पूरा गरेका हुन् । नेपाली समाज, सामाजिक सम्बन्ध, बनोट तथा संरचनाका बारेमा मौलिक दृष्टिकोणका साथ चिरफार गरी लेखहरू लेखिरहने घिमिरे हाल संयुक्त राज्य अमेरिकामा छन् ।
यिनै घिमिरेसँग विश्वका मानिसहरूको चिन्ता र चासोका रूपमा रहेको जल्दोबल्दो वैश्विक महामारी कोरोना भाइरसको संक्रमण र यसले समग्र विश्वव्यवस्थामा पार्ने बहुआयामिक असरका बारेमा हाम्रा शुभेच्छुक तथा कवि÷निबन्धकारपेशल आचार्यले लामो इमेल वार्ता गर्नुभयो ।

प्रस्तुत छ – सोही वार्ताको सम्पादित अंश – सम्पादक जनता भ्वाइस)

आरामै हुनुहुन्छ ? यो बेला कहाँ र के गर्दै हुनुहुन्छ ?
अहिलेसम्म आराम छु । अचेल मानव स्वास्थ्यमा यति छिटोछिटो बद्लाव आइरहेको छ कि मैले दिएको जवाफ यहाँले पढिरहँदा नै केही भइसकेको पनि हुन सक्छ । यद्यपियो पलसम्म ठिक छु । करिब १ वर्षदेखि म संयुक्त राज्य अमेरिकामा छु । करिब १ महिना देखि घरमै बसिरहेको छु । आफूलाई मनलागेका पुस्तक पढेर र मन पर्ने सिनेमा हेर्दै समय काटिरहेको छु । कहिले काहिँ आफूले देखे भोगेका कुराहरू लेखिरहन्छु पनि ।
कोरोना संक्रमण बारेमा विभिन्न चर्चा÷परिचर्चा र अप्mवाहहरू पनि वर्तमान समयमा चलेका छन् यसका बारेमा विस्तृतमा बताइदिनुहोस् न । यो खासमा कस्तो रोग हो ?
कोरोनाको खास बनोट वा यसको वैज्ञानिक सवालहरूका बारेमा म त्यत्ति जानकार त छैन ।यो मेरो विषयगत क्षेत्र पनि होइन ।यद्यपि केही कुरामा म स्पष्ट छु । यो आफैँमा रोग होइन जस्तो लाग्छ मलाई । यो एक प्रकारको भाइरस हो जसले मानव स्वासप्रस्वासमा असर पार्दछ । यसको संक्रमण बढाउँदछ । यसले स्वासप्रस्वासमा समस्या ल्याउँछ वा पहिलेबाटै इम्युनिटी पावर कम भएका व्यक्तिलाई थप गलाउँछ र मृत्युको मुखमा पु¥याउँछ । इम्युनिटी पावर बलियो भएका व्यक्तिको हकमा भने अहिले चर्चा भएजस्तो यसको संक्रमण हुने वित्तिकै मरिहालिने पनि हँुदैन । कम्तिमा अहिले सम्मको अनुभवले त्यही देखाउँछ ।
उसोभए कोरोना किन धनी र शक्तिशाली देशहरूमा बढी संक्रमणका रूपमा फैलियो त ?
यसको जवाफ साह्रै गाह्रो छ । धनी र शक्तिशाली भन्ने छानेर यसको संक्रमण फैलिएको त पक्कै होइन । यद्यपि धनी देशहरूका केही खास विशेषताहरू हुन्छन् । जस्तै : धनी र शक्तिशाली देशहरूको अर्को देशसँगको सम्बन्ध गरिब र सीमान्तकृत देशभन्दा तीव्र हुन्छ । मान्छेको गतिशीलता उच्च हुन्छ । आन्तरिक र बाह्य दुवैस्तरमा मानवको आवतजावत अत्यन्तै उच्च हुन्छ । अहिले चीनमा भएको मानिस केही घन्टामा न्युयोर्क झरिसकेको हुन्छ । न्युयोर्कमा सार्वजनिक यातायात चढेर अर्को स्थानमा पुगिसक्छ । यसको मतलब धनी र शक्तिशाली देशहरूमा मानवको गतिशीलता अत्यन्तै उच्च र तीव्र हुने भएकोले पनि यसको फैलावट बढी भएको पक्कै हो ।

अर्को, धनी र शक्तिशाली देशहरूले यसको असरलाई समयमै अन्दाज गर्न सकेनन् कि भन्ने लाग्छ । हामीसँग उच्चस्तरको स्वास्थ्य सेवा छ, केही समस्या आयो भने पनि यसलाई नियन्त्रणमा लिन सक्छौंभन्ने जिताहा प्रवृत्तिले पनि काम ग¥यो कि भन्ने लाग्छ ।


समग्र युरोप र अमेरिकालाई हाहाकार पार्ने कोरोनाले दक्षिण पूर्वी एसियाका देशहरू नेपाल, भुटान, बंगलादेश, श्रीलंका र भारतमा अपेक्षाकृत रूपमा किन कम संक्रमण भैरहेको देखिन्छ होला ?यसका बारेमा धेरै शंका उपशंकाहरू छन् तर ठोस कारण अहिलेसम्म पनि भेटिएको छैन ।
पहिलो, कुरा त तपाईंले भन्नुभएका दक्षिण पूर्वी एसियाका देशहरूमा आवश्यक गतिमा परिक्षण शुरू नै भएको छैन । ३ करोड जनसंख्या भएको नेपालमा करिब तीन महिनाको अवधिमा ३ हजार जनामा पनि परीक्षण भएको छैन । अन्यत्र पनि करिबकरिब यस्तै अवस्था छ । त्यसैले पनि वास्तविक तथ्याङ्क बाहिर नआएको हुन सक्छ ।
दोस्रो, यी देशहरू पश्चिमा देशहरूका तुलनामा बढी प्रदूषित छन् । त्यस्तो प्रदूषणलाई पचाइरहेका मानिसमा यस्ता भाइरससँग लड्ने इम्युनिटी पावर बढी भएको पनि हुन सक्छ ।

तेस्रो, पछिल्लो समय केही अमेरिकी अनुसन्धानकर्ताहरूले बिसिजी खोप र कोरोनाको संक्रमणका बारेमा अध्ययन गरेका थिए । यसको निष्कर्ष जुन देशमा बिसिजी खोप अनिवार्य लगाइएको छ ती देशहरूमा यसको संक्रमण निकै कम भएको देखिएको छ ।


तेस्रो, पछिल्लो समय केही अमेरिकी अनुसन्धानकर्ताहरूले बिसिजी खोप र कोरोनाको संक्रमणका बारेमा अध्ययन गरेका थिए । यसको निष्कर्ष जुन देशमा बिसिजी खोप अनिवार्य लगाइएको छ ती देशहरूमा यसको संक्रमण निकै कम भएको देखिएको छ ।
चौथो, यी देशहरूको विश्वमा प्रभावकारी उपस्थिति अझैपनि नभएकोले हुन सक्छ । अर्थात् नेपालकै उदाहरण हेरौं । नेपालको सबैभन्दा बढी सम्बन्ध भनेको भारत र त्यसपछि मध्यपूर्वी एसिया हो । भारत र मध्यपूर्वी एसियामा यो भाइरस तीव्र गतिमा नफैलिएका कारण नेपाल तुलनात्मक रूपमा सुरक्षित भएको पनि हुन सक्छ ।भुटानको अवस्था पनि यही हुन सक्छ ।यद्यपियी सबै आशंका मात्र हुन् । यसको वास्तविक कारण अझै पनि रहस्यको गर्भमै छ । कामना गरौं यो यत्तिकै हटेर जाओस् ।
कोरोना अवश्य पनि एक दिन नियन्त्रणमा आउला तर यो नियन्त्रणमा आइहाल्यो भने पनि समग्र विश्व अर्थतन्त्रचाहिँ कस्तो होला भन्ने ठान्नु हुन्छ ?
मानव सभ्यताको इतिहासलाई अध्ययन गर्ने हो भने यस्ता कैंयौं महामारी आए र गए । कतिलाई मानवले आफँैभित्र इम्युनिटी पावर विकास गरेर जिते भने कतिलाई विज्ञान र प्रविधिको सहारामा खोप तथा औषधि पत्ता लगाएर जिते । यो भाइरस माथि पनि मानवले पक्कै विजय प्राप्त गर्नेछ । कति समय लाग्ला भन्न चाहिँ गाह्रो छ ।
यसले विश्व अर्थतन्त्रमा पार्ने प्रभावका बारेमा विश्लेषण गर्ने बेला अझै भइसक्या छैन । यद्यपि केही सवालका आधारमा भन्न सकिन्छ कि यदि यो भाइरस समयमै नियन्त्रणमा आएन भने मानव इतिहासमा सन् १९३० र सन् २००८ मा भोगेको आर्थिक मन्दी भन्दा पनि डरलाग्दो मन्दीले अर्थतन्त्रलाई डस्नेछ । त्यसका केही आधारहरू छन् । समकालीन विश्वमा सबैभन्दा ठूलो लगानी ट्राभल एण्ड टुर्समा छ । हवाइजहाज कम्पनीहरूयतिबेला थला बसेका छन् । पर्यटन व्यवसायीहरू गुफा पसेका छन् । व्यापार व्यावसाय मानवको आवात्जावत्सँग जोडिएको हुन्छ । उदाहरणका लागि हामी घरमै बसिरहँदा चकलेट किनेर खासै खादैनांै । तर बजार पुगेर घर फर्कियौं भने आफ्ना बालबच्चाका लागि चकलेट किनेर लगिदिन्छौं । त्यही थोरै मात्र घुमफिरले चकलेट खरिद गर्ने हो । यो भाइरसले मानवको हिँड्डुललाई प्रत्यक्ष रूपमा असर पारेको छ । हामी कुनै रेष्टुरेण्टमाा एक्लै गएर खासै खाजा खादैनांै । समूहमा जान्छांै । समूहमा हिँड्डुल गर्ने कुरामा यो भाइरसले असर पारेको छ ।

इतिहासमा सन् १९३० र सन् २००८ मा भोगेको आर्थिक मन्दी भन्दा पनि डरलाग्दो मन्दीले अर्थतन्त्रलाई डस्नेछ । त्यसका केही आधारहरू छन् । समकालीन विश्वमा सबैभन्दा ठूलो लगानी ट्राभल एण्ड टुर्समा छ । हवाइजहाज कम्पनीहरूयतिबेला थला बसेका

सामान्य जीवन बिताइरहँदा हामी पैसा खर्च गर्न चाहदैनांै । कतै घुमफिर गर्ने भएमात्र केही थप पैसा खर्च गर्न तयार हुन्छौं । त्यस्तो घुमफिरलाई यसले असर पारेको छ । अर्थात् मूलतः विश्व अर्थतन्त्रको जरो भनेको मानवको गतिशीलता र घुमफिरसँग गाँसिएको छ । यसले यस्ता गतिविधिमा प्रत्यक्ष रूपमा असर पारेको छ । तसर्थ विश्व अर्थतन्त्रलाई यसले डरलाग्दो असर पार्दै लगेको छ । अमेरिकामा मात्र गत हप्ता सम्ममा ६६ लाख मानिसलाई रोजगारविहीन बनाइदिएको छ । भारतमा ४० करोड मानिस गरिबीको रेखामुनि झर्न सक्ने देखिएको छ । संसारभर यो संख्या अझ डरलाग्दो होला । त्यसैले विश्वमा यसले हामीले सोच्नै नसकेको आर्थिक समस्या सृजनागर्ने सम्भावना देखिन्छ । यद्यपि यो कति लामो समयसम्म रहन्छ भन्नेमा धेरै कुरा निर्भर गर्दछ ।
नेपालको सन्दर्भमा भन्दा न पूर्व तयारी नै थियो, न अहिले चित्तबुझ्दो पाराले ¥यापिड् टेष्ट नै भैरहेको छ तर यस्तो अवस्थामा पनि नेपालमा भयावह स्थिति किन नदेखिएको होला ? के नेपालीहरूमा कोरोना पचाउने शक्ति या इम्युनिटी पावर हाइ भएर नै हो त ?
नेपालले समयमै परीक्षण कीट सहितको अन्य आवश्यक सामग्री किन्नेदेखि क्वारेन्टाइन बनाउने, शंकास्पद बिरामीलाई त्यहाँ ल्याएर राख्नेजस्ता काम गरेन । यद्यपि नेपालले अलिकता संवेदनशील अवस्था आइनपुग्दै पूर्ण रूपमा लकडाउन गरिदियो । यसले नेपालीलाई एउटा सामाजिक दूरीका साथसाथै भौतिक दूरी पनि स्थापित गरिदियो । यसले बाहिरी विश्वबाट कोरोनाको संक्रमण लिएर नेपाल भित्रिएका केही व्यक्तिबाट समुदायमा फैलिने जोखिमलाई नियन्त्रण गरिदियो । नेपालमा विदेश आउजाउ गर्ने भनेको युवा पुस्ता हो ।

बूढो पुस्ताको वैदेशिक आवत्जावत्को अवस्था गति निकै कम छ । युवासँग तुलनात्मक रूपमा इम्युनिटी पावर बढी हुने भएकोले उनीहरू संक्रमित भएर त्यसलाई जितेको पनि हुन सक्छ

बूढो पुस्ताको वैदेशिक आवत्जावत्को अवस्था गति निकै कम छ । युवासँग तुलनात्मक रूपमा इम्युनिटी पावर बढी हुने भएकोले उनीहरू संक्रमित भएर त्यसलाई जितेको पनि हुन सक्छ । यद्यपि नेपालमा परीक्षणको अवस्था निकै कमजोर भएकाले यसै हो भन्न सकिन्न ।
अर्को कुरा, मैले माथि पनि भनेँ हामीले बच्चालाई दिने बिसिजी, दादुरा, पोलियोजस्ता खोपको कारण पनि यसको असर कम देखिएको चाहिँ हुन सक्छ ।
नेपालको अर्थ व्यवस्था त्यसै त संघीयता कार्यान्वयनका सिलसिलामा प्रदेश व्यवस्थापनले बजेटको अत्यधिकखर्च भएको थियो अहिले झन् यो महामारीका अवस्थामा के ती प्रदेशहरू देशका लागि बोझिल सावित भएनन् र भन्या ?
शक्ति विकेन्द्रीकरणले भ्रष्टाचार तथा अनियमिततालाई पनि विकेन्द्रीकृत गर्दै लगेको यथार्थ हो ।यद्यपि संघीय व्यवस्था आफैँमा अनुपयुक्त भन्नेमा म सहमत छैन । करिब ८५ लाख जनसंख्या भएको स्वीटजरल्याण्डलाई मात्र हेर्ने हो भने हाम्रो जस्तो देशमा पनि संघीयता प्रभावकारी हुन सक्छ भन्ने मलाई लाग्छ । यद्यपि हाम्रो संघीयता र यसको कार्यान्वयनमा व्यापक कमजोरी रहेको छ । यसले संघीयतानै गलत शासन व्यवस्था हो कि भन्ने आम बुझाइ बन्न पुगेको छ । म चाहिँ संघीयतालाई सकारात्मक रूपमा हेर्छु ।

नेपालमा संघीयता आफैँमा संस्थागत नभइसकेको, के गर्दा के हुन्छ वा कस्तो अवस्थामा के गर्ने,के नगर्ने भन्ने बारेमा अझैपनि केही मानक स्थापित नभएका कारण यो महामारीमा प्रदेश निस्प्रभावी देखिएको छ


दोस्रो कुरा, यस्ता महामारी तथा विपद्सँग लड्नका लागि केन्द्रीकृत भन्दा विकेन्द्रीत शासन व्यवस्था उपयुक्त हुन्छ । नेपालमा संघीयता आफैँमा संस्थागत नभइसकेको, के गर्दा के हुन्छ वा कस्तो अवस्थामा के गर्ने,के नगर्ने भन्ने बारेमा अझैपनि केही मानक स्थापित नभएका कारण यो महामारीमा प्रदेश निस्प्रभावी देखिएको छ । बरू स्थानीय तह थोरै भएपनि सक्रिय र प्रभावकारी देखिन्छन् । नेपालमा संघीयताको विकल्प खोज्ने भन्दा पनि संघियशासन भित्रका विभिन्न मोडलको विकल्प खोज्न सकिन्छ । यसमध्ये दक्षिण अफ्रिकाको मोडल पनि नेपालको सन्दर्भमा एउटा सन्दर्भसामग्री हुन सक्छ । तर अहिलेनै संघीयता माथि प्रश्न नउठाऊँ कि जस्तो लाग्छ ।
यो महामारीलाई यहाँ कुन रूपमा लिनुहुन्छ ? कतिले त विना हतियार लडिएको ‘तेस्रो विश्वयुद्ध’ पनि भनेका छन् । के बास्तवमा यो सुपरपावरहरूका बीच को ‘फष्ट’ हुने भन्ने लडाइँ नै हो त ?
मलाई त्यस्तो लाग्दैन । यो मानवनिर्मित भाइरस होइन भन्ने बारेमा विभिन्न अध्ययन र अनुसन्धानले निष्कर्ष प्रस्तुत गरिसकेका छन् । यसर्थ मलाई व्यक्तिगत रूपमा पनि यो मानव निर्मित हो भन्नेमा विश्वास लाग्दैन । यद्यीप मानवले प्रकृति र अन्य जीवजन्तु माथि गरेको ज्यादतीको परिणाम हो भन्ने चाहिँ लाग्छ । पृथ्वी मानवको मात्र होइन ।

यहाँ अन्य अरबौं र खरबौं जीवजन्तु तथा वनस्पतीहरू रहेका छन् । हामी मानवले पृथ्वीलाई मानवको बिर्ता झँै ठान्यांै । अन्य जीवजन्तु हाम्रा आहार हुन भन्ने ठान्यांै । हाम्रो आहार,विहार, बानी व्यहोरामा देखिएका समस्याका कारण निर्मित समस्या हो – यो ।

यहाँ अन्य अरबौं र खरबौं जीवजन्तु तथा वनस्पतीहरू रहेका छन् । हामी मानवले पृथ्वीलाई मानवको बिर्ता झँै ठान्यांै । अन्य जीवजन्तु हाम्रा आहार हुन भन्ने ठान्यांै । हाम्रो आहार,विहार, बानी व्यहोरामा देखिएका समस्याका कारण निर्मित समस्या हो – यो । त्यसैले यसलाई विश्वयुद्ध वा सुपरपावर बन्ने लडाइँकारूपमा विश्लेषण गर्नु उपयुक्त हुन्न भन्ने मलाई लाग्छ । यी सबै विश्लेषण त भाइरसको आक्रमक विस्तार पछि शुरू भएका हुन् ।
अब यो कोरोनाको अन्त्य पछि ‘कोरोना अघि र कोरोना पछि’ भन्ने मानकको विकास हुुन्छ भनेर केही मानिसहरू अहिलेदेखि नै चिच्याउन थालिसके के यो कु्रा साँचो हो ?
यो हुन सक्छ । अहिले पनि हामी कुनै एउटा घटनाक्रमलाई लिएर त्यो भन्दा अघि वा पछि भन्छांै नै । कुनै दुर्गम गाउँमा बसिरहेको मानिस अलि सुविधा सम्पन्न सानो बजारमा बसाइँ स¥यो भने त बसाइँ सर्नुअघि र सर्नुपछि भनेर मानक स्थापित गर्दछ । कुनै मानिस विदेश गएर अलिकता कमाएर आफ्नो परिवार व्यवस्थित ग¥यो भने पनि यस्तै मानक स्थापित गर्दछ ।

कसैले आफ्नो अभिभावक गुमाएको छ भने पनि यस्तै मानक स्थापित गर्दछ भने संसारलाई नै हल्लाउने यति ठूलो भाइरस पछि यसलाई मानक बनाएर अघि र पछि भनेर तुलना नै नहोला भन्ने मलाई लाग्दैन ।

कसैले आफ्नो अभिभावक गुमाएको छ भने पनि यस्तै मानक स्थापित गर्दछ भने संसारलाई नै हल्लाउने यति ठूलो भाइरस पछि यसलाई मानक बनाएर अघि र पछि भनेर तुलना नै नहोला भन्ने मलाई लाग्दैन । मुख्य कुरा चाहिँ यो कोरोना कति समयमा समाधान हुन्छ होला भन्नेले धेरै कुरा निर्धारित हुन्छ किनकि कुनैपनि मानक या त साह्रो सुख्खका दिन शुरू भएपछि वा साह्रै दुख्खका दिन शुरू भएपछि स्थापित हुन्छन् ।

यदि यसको खोप पत्ता लगाउन लामो समय लाग्यो र यसले अहिलेकै जस्तो गरी विनाश गरिर¥यो भने पक्कै पनि यस्तो मानक स्थापित हुनेछ । यदि यसको खोप पत्ता लगाउन ढिलो भयो भने हाम्रा आहार,विहार, आचारण, वानी व्यहोर, सम्बन्ध, सरोकार, प्राथमिकता, चाहना, अपेक्षा सबै बदलिदिन्छ ।

यदि यसको खोप पत्ता लगाउन लामो समय लाग्यो र यसले अहिलेकै जस्तो गरी विनाश गरिर¥यो भने पक्कै पनि यस्तो मानक स्थापित हुनेछ । यदि यसको खोप पत्ता लगाउन ढिलो भयो भने हाम्रा आहार,विहार, आचारण, वानी व्यहोर, सम्बन्ध, सरोकार, प्राथमिकता, चाहना, अपेक्षा सबै बदलिदिन्छ । आजको हाम्रो जिविकोपार्जनको पद्दतिमा आमूल परिवर्तन ल्याइदिन्छ । आजका हाम्रा चाहनामा व्यापक बद्लाव ल्याइदिन्छ । आज हामी जेलाई सफलता मानिरहेका छौ त्यसमा परिवर्तन गरिदिन्छ । यदि त्यस्तो भयो भने यहाँले भने जस्तै कोरोना पूर्व र कोरोना पछिको मानक जवर्जस्त स्थापित हुन्छ । यदि यसको असर त्यस रूपमा परेन वा छिटै यसको खोप पत्ता लगाएर ठूलो क्षति हुनबाट जोखियो भने यसले त्यत्रो ठूलो प्रभाव पार्दैन भन्ने मलाई लाग्छ ।
अहिले तपाईं संसारकै शक्तिसम्पन्न देश अमेरिकामा हुनुहुन्छ । यो संक्रमणले संसारकै‘मसिहा’ भनिने अमेरिकालाई नै किन यति आपतमा पा¥या होला ? प्लिज गतिलोसँग निष्पक्ष ढङ्गले विश्लेषण गरिदिनुहोस् न ।
अमेरिका, अमेरिका हुनाका खास विशेषताहरू छन् । पहिलो कुरा, यसको व्यक्तिको स्वतन्त्रताको सम्मान हो । चीनले समुदायको हितको लागि व्यक्तिको अधिकारलाई बलिदिन्छ तर अमेरिका व्यक्तिको स्वतन्त्रतालाई महत्व दिन्छ । व्यक्तिको अधिकारलाई प्रश्रय दिन्छ । संरक्षण गर्दछ । कोरोनाको प्रभाव बढ्दै जाँदा यसले मानवीयतालाई भन्दा व्यक्तिको मानव अधिकारलाई सम्मान गरिरह्यो । व्यक्तिलाई घरमै बस त भन्यो तर जबर्जस्ती गरेन । पहिलो कुरा यो हुन सक्छ जस्तो लाग्छ ।
दोस्रो कुरा, अमेरिका व्यक्तिमा भन्दा पनि अर्थतन्त्रमा बढी चिन्तित भयो कि भन्ने लाग्छ । उत्पादनमुखी अर्थतन्त्र होइन यो । सेवामुखी अर्थतन्त्र हो । यहाँ एक हप्ता बन्द हुँदा मानिसको दैनिकीमा अत्यन्तै ठूलो सङ्कट ल्याउने हुनाले सरकारले जोखिम नमोलेको हो कि जस्तो लाग्छ ।
तेस्रोकुरा,अमेरिकामा यही नोबेम्बरमा राष्ट्रपतिको निर्वाचन हँुदैछ । अमेरिकाको निर्वाचनमा जहिले पनि अर्थतन्त्र र मानव अधिकार प्रमुख सवालका रूपमा उठ्छ । अमेरिका बन्द भयो भने यसले अर्थतन्त्र र मानव अधिकार दुवैलाई नकारात्मक प्रभाव पार्ने हुनाले रिपब्लिकन र डेमोक्र्याटिक दुवै पार्टीले जोखिम लिन चाहेका छैनन् जस्तो देखिन्छ ।
यस्ता अरू धेरै कारण हुन सक्छन् । जे भएपनि अमेरिका बन्द हुन सकेको छैन र ठुलो संख्यामा संक्रमित देखिएका छन् । अमेरिकाले कोरोना भाइरसको असरलाई समयमै बुझ्न सकेन किजस्तो लाग्छ । तर यो सतही जवाफ हो । मुख्य कुराचाहिँ अमेरिकाले आफ्नो देशको नागरिकको आधारभूत अधिकारको सम्मान गर्दै यसको नियन्त्रणको लागि काम गर्न चाह्यो । एकातिर संसारकै व्यस्त सहर न्युयोर्कमा उस्तै व्यस्ततामा मेट्रो रेल चलिरहेका छन् भने अर्कोतिर द्रूत गतिमा परीक्षण पनि चलिरहेको छ । यसले अमेरिकाले अवलम्बन गरेको नीति कोरोना नियन्त्रणको लागि उपयुक्त होइन किजस्तो चाहिँदेखिन्छ । अर्को यथार्थता के हो भने कोरोनाले अमेरिकालाई जति असर पार्दछ त्यत्ति छिटै यसको समाधान पनि निस्किन्छ कि भन्ने पनि मेरो बुझाइ छ ।आशा गरौं ।
संसारमा विगत्मा महामारीका शृङ्खलाहरू केकस्ता रहेका छन् ? तपाईंलाई यो नै त्यस्तो महामारी हो ‘जो पहिलो र अन्तिम पनि हुन सक्छ’ जस्तो लाग्छ कि लाग्दैन ?
ऐतिहासिक रूपमा हेर्ने हो भने मानवले यस्ता धेरै महामारीहरू भोगेर त्यसबाट सम्हालिँदै उठेका देख्न सकिन्छ । प्लेगदेखि स्पेनिस पm्लुसम्मको इतिहासले त्यही बोल्छन् । सार्स, इबोला, पोलियोदेखि एचआईभीसम्म पनि महामारी नै हुन् । नेपालमा हेर्ने हो भने त झाडापखाला, हैजा पनि समय समयमा महामारी बनेर निस्किएका हुन् । त्यसैले यो महामारी न त पहिलो हो न त अन्त्य नै । बरू मलाई अब यस किसिमका महामारीहरू अलि छिटोछिटो देखा पर्छन् भन्ने लाग्छ । हामीले पृथ्वी माथिको अतिक्रमण अति ग¥यांै । मांसहारी बन्ने नाममा हामीले प्रकृतिका सुन्दर उपहार माथिको ज्यादती अति गरिरहेका छौं । विज्ञान र प्रविधिको उच्चतर विकासका नाममा हामीले बनाएका विभिन्न विकिरणहरूको असर अझ कति पर्ने हो । त्यसैले मलाई लाग्छ मानव समुदाय यो भन्दा डरलाग्दा सङ्कटको कारक बनेको छ र त्यसको असर भोग्नका लागि अब मानव मानसिक रूपमा तयार भएर बस्दा हुन्छ ।
कोरोना कहर पछि नेपालको आर्थिक, सामाजिक, राजनीतिक, धार्मिक र शैक्षिक स्थिति कस्तो भएर जाने संभावनाको आंकलन गर्नु भएको छ, यहाँले ?
कोरोनाले नेपालमा केकस्तो असर पार्ला भन्ने विश्लेषण गर्नुभन्दा पहिला विश्वमा यसले कस्तो असर पारेर विदा होला भन्ने आंकलन गर्नु आवश्यक छ । विश्वमा यसको असर धेरै नपरिकन विदा भयो भने नेपालमा यसले खासै असर पार्ने छैन । किनकि मानिसले केही समयमा यस्ता महामारीलाई विस्मृतिमा धकेलेर सामान्य जीवनमा फर्किनेछन् । यदि विश्वमा यसले डरलाग्दो असर पा¥यो भने त्यसको प्रभाव नेपालमा देखा पर्नेछ । उदाहरणलाई संसारमा आर्थिकमन्दी आयो भने नेपालमा त्यसले प्रत्यक्ष प्रभाव पार्नेछ । वैदेशिक रोजगारीमा बाहिरिएका तमाम नेपाली युवाहरू नेपाल फर्किनेछन् । ती लाखौं संख्यामा हुनेछन् । उनीहरूले नेपालमा आफ्नो स्पेस खोज्नेछन् । अहिलेको राजनीतिक नेतृत्वको क्षमता र बुद्धिले उनीहरूलाई आवश्यक पर्ने त्यो स्पेस निर्माण गर्न सक्ने देखिन्न । त्यसपछिअर्को राजनीतिक परिवर्तनका लागि आन्दोलन पनि हुन सक्छ ।

त्यसले कस्तो शासन व्यवस्था ल्याउँला अहिले नै आंकलन गर्न गाह्रो छ । कोरोना नियन्त्रणका नाममा अहिले राज्यले व्यक्तिका अधिकारमा व्यापक कटौती गरिरहेका छन् । भन्न सकिन्न अर्को हिटलर र मुसोलिनी जन्मिन पनि सक्छन् –

त्यसले कस्तो शासन व्यवस्था ल्याउँला अहिले नै आंकलन गर्न गाह्रो छ । कोरोना नियन्त्रणका नाममा अहिले राज्यले व्यक्तिका अधिकारमा व्यापक कटौती गरिरहेका छन् । भन्न सकिन्न अर्को हिटलर र मुसोलिनी जन्मिन पनि सक्छन् – संसारमा ।
अर्को,सामाजिक रूपमा अब सहर र बजारको जुन आशक्ती थियो त्यो परिवर्तन हुन सक्छ । विदेश जानेलाई दिइने सम्मानमा त्यस्तै नरहन सक्छ । स्वास्थ्यर शैक्षिक क्षेत्रमा राज्यको दायित्वमा आउन सक्छ । अब अनलाइन कक्षाहरू फस्टाउन सक्छन् । व्यवसायिक कृषिमा मानिसको बढी ध्यान जान सक्छ । काठमाडाँैजस्ता अस्तव्यस्त सहरका साटो आफ्नै गाउँमा फर्किएर शान्तिपूर्ण आनन्दको जीवन बिताउन चाहनेको संख्या बढ्न पनि सक्छ ।
सकारात्मक कुरा गर्ने हो भने नेपाल रूपान्तरणको आधार पनि बन्न सक्छ । विदेशिएका युवाले केहीनयाँ तकनिकी र तौर तरिकाहरू सिकेका छन् । यस्ता युवा स्वदेश फर्किएर एकसाथ काम शुरू गरेभने हामी धेरै कुरामा आत्मनिर्भर हुनेछौं । उदाहरणलाई अनारमा आत्मनिर्भर भयौं भने वार्षिक १० अर्ब रूपैयाँ विदेशिनबाट जोगिन्छ । हरियो धनियाँमा मात्रै आत्मनिर्भर भयौं भने ५० करोड भन्दा बढी रकम विदेशिनबाट जोगिन्छ । यसले त देशलाई सम्पन्न नै बनाउँछ । तर विदेशबाट फर्किएका युवालाई पनि दलाली र विचौलिया मात्र बनाउने गरी मात्र राज्यले नीति बनायो भने देशमा भयावह अवस्था आउन सक्छ । जुन कुरा भने हाम्रो देशका लागि प्रत्युत्पादक हुन सक्छ ।
अहिले आएर यो भाइरस अमेरिकाका एक जानीमानी ‘प्रोफेसर’ ले चीनको युहान युनिभर्सिटीमा गएर पैसा लिएर बनाएको भन्ने पनि समाचार अनलाइनहरूमा देखिन थालेका छन् । के यो भाइरस मानवनिर्मित जैविक हतियार नै हो त ? फेरि ‘अमेरिकी प्रोफेसर र चीनको विश्वविद्यालय’ यस्ता कन्टोभर्सी समाचार के फेक नै हुन् त ? यहाँको भित्री मनले चाहिँ के भन्छ ? प्लिज ।
यो पूर्णत गलत समाचार हो । मैले यो समाचारको आधिकारिकता अध्ययन गरेरै भनेको हो । यो पूर्णत गलत समाचार हो । मेरो मनले मात्र होइन तथ्यले पनि यही बोल्छ ।
उसोभए, जैविक हतियारहरूको प्रयोग गरेर संसारका महाशक्तिहरू एकापसमा को ठूलो भन्ने अहम्वादी रोगले अघि नै बढ्या हुन् त ?
जैविक हतियारको निर्माण गरिरहेका हुन सक्छन् । त्यसको जगमा आफूलाई शक्तिशाली बनाउने दम्भ पनि चलिरहेको हुन सक्छ । तर अहिलेको कोरोना त्यसको परिणाम होइन भन्नेमा म विश्वास गर्दछु । महाशक्तीले जैविक हतियारनै प्रयोग गर्नुपर्ने अहिले कुनै त्यस्तो अवस्था आएको पनि छैन । पछि के होला भन्न सकिन्न । अहिले चाहिँ यो फजुल कुरा हो ।


यो कोरोना महामारीको पटाक्षेप कसरी होओस् भन्ने कामना गर्नु हुन्छ यहाँ ?
कोरोना हाम्रो पुस्ताको लागि एक डरलाग्दो आश्चार्य हो । हामी कहिलेकाहीँ सोच्थ्यांै कि यस्तो हुन सक्ला ? वास्तवमा त्यस्तै भइरहेको छ । यस्तो महाव्याधिले हामीलाई मानव कल्याण सिकाएको छ । मानवता बुझाएको छ । मृत्युबोध गराएको छ । बाँच्नुको अर्थ सिकाएको छ । मसँग तथ्याङ्क त छैन । तर यो बीचमा आत्महत्याको दर घटेको होला । किनकिमृत्यु आफ्नै अगाडि घुमफिर गरिरहँदा बाँच्ने रहर नै बढ्ने हो । यसर्थ कोरोनाले हामीलाई जीवनको सुन्दर पक्ष बुझाइदिएको छ । माया, ममता, स्नेह, प्रेम, भातृत्व, समभाव, सम्मान र आदर सिकाइ दिएको छ । यति पाठ सिकाइ सकेपछि यो महामारी जुन आश्चार्यका साथ देखापरेको थियो त्यस्तै आश्चार्यजनक ढङ्गबाट समाधान भइदिए हुन्थ्यो भन्ने कामना गर्दछु ।
नेपालमा भुइँचालो जान्छ केही स्वनामधन्य बुद्धिजीवीहरू भूकम्पविद् बनेर निस्किन्छन् र नेपालीहरूलाई ताई न तुईको अर्तीबुद्धि दिन्छन् अनि फेरि विश्वव्यापी कोरानाको महामारी नेपालमा पनि शुरूहुन्छ यसबेला पनि अर्काथरी स्वघोषित बुद्धिजीवीहरू कोरोना विशेषज्ञ बनेर निस्किन्छन् । के हो यो नेपालीहरूको मानसिकता ?
यो नेपालीको ‘डेढ अक्कली’ विशेषता हो । जस्तो कि : ‘आफूलाई पूर्ण र बाँकी विश्वलाई मिलाएर आधा मात्र देख्ने’ प्रवृत्ति । जबकि हाम्रो जस्तो समाजमा मानिसले आफूले आफूलाई र आफ्नो खास क्षमतालाई पहिचान गर्न सकेका छैनन् । बरू आफूलाई बहुआयामिक र बहुविषयगत विज्ञकारूपमा बुझिरहेका छन् । हाम्रो शिक्षा प्रणाली पनि यस्तो भयो कि कुनै कुरालाई गम्भीरताका साथ लिने र आफ्नो विशेषज्ञता निर्माण गर्नेभन्दा पनि आत्मरतिमा रमाउने। कक्षा १ देखि एम्एस्म्म अङ्ग्रेजी साहित्य पढ्ने व्यक्ति दुई मिनेट अङ्ग्रेजीमा शुद्धसँग कुरा गर्न सक्दैनन् । १० वर्ष गणित पढेको व्यक्ति सामान्य हिसाब जान्दैनन् । तर पनि पास त भइरहेका छन् । अर्थात् हामीले धेरै कुरा पढाउन खोज्यौं कुनै कुरा बुझाउन खोजेनौं । आधा गाग्रो मान्छेले बोकेर हिँडे पनि छचल्किन्छ । गधालाई बोकाएपनि छचल्किन्छ । अहिले यस्तै भएको होजस्तो लाग्छ । आफ्नो क्षमता, विशेषज्ञता केहीमा छैन तर आफूलाई विद्वान र जान्ने देखाउनुपर्नेछ । यो त्यसको परिणाम पनि हो ।
अर्कोकुरा, चाहिँ हामीकहाँ सञ्चारमाध्यम धेरै र निकै सस्ता भए । सामाजिक सञ्जाल सञ्चालन गर्ने कानुनको अभाव भयो । यस्ता धेरै कुराको समष्टिगत प्रस्फुटनको परिणाम होला कि यो ।
विश्व अर्थतन्त्र अबका दिनमा के हुन्छ ? सबै पाटालाई सूक्ष्म रूपले केलाइदिनुहोस् न ।
मैले माथि पनि भनेँयसले विश्व अर्थतन्त्रमा पार्ने प्रभावको आंकलन गर्न अझै निकै छिटो हुन्छतर केही कुरा चाहिँ आंकलन गर्न सकिन्छ । यसले तत्कालका लागि आर्थिक मन्दी ल्याउँछ । पर्यटन व्यवसाय सिथिल बनाउँछ । विश्वका धनी भनिएकाहरू आर्थिक मन्दीको डरलाग्दो दुष्चक्रमा फँस्न पुग्छन् । यसले अहिले जसरी बजार हावी हुने अर्थनीति छ यसमा पक्कैपनि परिवर्तन आउनेछ । शिक्षा, स्वास्थ्य र आधारभूत रोजगारीको दायित्व राज्यमा आउन सक्छ ।यी त तत्कालिक प्रभाव मात्र हुन् । यसको दीर्घकालीन प्रभाव त दशकांैसम्म देखिन सक्छ । यदि कोरोनाको असर अझ गहिरियो भने यसले आज जेलाई हामी अर्थतन्त्र भन्दै आएका छौं, जे को प्राप्तिमा मानव समुदाय दौडिइरहेको छ यी सबै सोचाइमै बुझाइमै परिवर्तन आउँनेछ । अहिले जसरी पैसा कमाएर,विदेश घुमेर वा महँगो रेष्टुरेण्टमा गएर सन्तुष्टि खोजिरहेको छौं नि, यस्तो पद्दति र सोचाइमै परिवर्तन ल्याइदिन सक्छ । यदि मानवीय सोचमा परिवर्तन आयो भने त्यसले सांस्कृतिक रूप धारण गर्दछ र अहिले हामीले अवलम्बन गरिरहेका सांस्कृतिक मूल्य मान्यतामै परिवर्तन ल्याइदिन्छ । विश्वअर्थतन्त्र त्यसको शिकार बन्नेछ । उदाहरणका लागि हामीलाई मोबाइल भए हुन्छ आइफोन एक्स नै चाहिदैन । टाइप गर्न कम्प्युटर त चाहिएला म्याकबुक–प्रो नै चाहिदैन । यदि यस्तो संस्कृति हामीले धारण ग¥यांै भने अहिलेका खर्बपतिहरू हाम्रै आखा अगाडि नै करोडपतिमा झर्न पनि सक्छन् । यसले रोजगारीका अवसरहरू खुम्च्याई दिन्छ । अनि अर्थतन्त्रले फरक रूपबाट आफुलाई तङ्ग्रयाउनुपर्ने हुन्छ ।
यो कोरोना बास्तवमा मानवनिर्मित जैविक हतियार नै हो भने यसले आगामी दिनमा के सङ्केत दिन खोज्या हो ?
म प्रष्ट छु यो मानवनिर्मित जैविक हतियार होइन । त्यसैले यसको संकेतका सम्बन्धमा बोल्न गाह्रो छ ।
संसारका २०८ देशहरूमा यो फैलिइसक्दा पनि तुर्कमेनिस्तान जस्ता केही देशमा यसको संक्रमण नफैलिनुको रहस्य के होला ?
यसका पछाडिकेहीकारण हुन सक्छन् । पहिला,े त्यहाँ उपयुक्त र आवश्यक ढङ््गबाट परीक्षण नभइरहेको हुनसक्छ । दोस्रा,े उक्त देशको विश्व व्यवस्थामा कमजोर उपस्थिति पनि हुनसक्छ । तेस्रो, उनीहरूको नियन्त्रणको प्रयास उत्कृष्ट पनि हुन सक्छ । अर्थात् सम्पूर्ण सीमालाई समयमै लकडाउन गरेर विमानस्थल बन्द गरिदिएको हो भने त्यहाँ फैलावट हुन सक्ने अवस्था नै हुन्न । कारण जे भएपनि त्यो सामाजिक कारण नै छन् । यो नफैलिनुमा कुनै दैवी कारण चाहिँ पक्कैपनि छैन ।
के पृथ्वीबाट मानव अस्तित्व लोप नै हुन लाग्या हो त ?
कतिपय वैज्ञानिकहरू पृथ्वीकै भविष्यमाथि घोत्लिन थालेको वर्षौं भइसक्यो । पृथ्वी पनि नाशवान् छ भन्नेमा धेरैको सहमति छ ।संसार नाशवान् हो भन्ने हो भने हामी मानव जाति पनि नाशवान् नै हो । तर कोरोनाकै कारण मानव अस्तित्व लोप हुुन्छ भन्ने म ठान्दिनँ । नेपालबाट अमेरिका मिनेट मिनेटमा अनुहार हेर्दै कुरा गर्न मिल्ने प्रविधि विकास गर्ने, मंगलग्रहको अध्ययन गर्ने मानवले कोरोना नियन्त्रणमा लिने प्रविधिको विकास गर्नेमा कुनै दुईमत छैन । भलै यसको लागि कति समय लाग्ला भन्न चाहिँ गाह्रो छ । मानव समुदायले कति क्षति व्यहोर्नुपर्ला भन्ने आंकलन गर्न चाहिँ गाह्रो छ । तपाईं वा म चाहिँ नरहन पनि सक्छौं, तर यत्ति कारणले मानव अस्तित्व लोप हुने कुरा फजुल हुन् ।
यो वार्तामा हामीले सोध्न छुटाएका तर तपाईंले भन्नै पर्ने केही प्रसङ्गादि भए कृपया उल्लेख गरिदिनुहोस् न ।
त्यस्तो त लाग्दैन ।अन्तर्वार्तामा धेरै कुरा समेटिएका छन् । यद्यपियो अन्तर्वार्ताकै विशेषताका बारेमा थोरै भन्न मन लागिरहेको छ । यो अन्तर्वार्ता एउटा शिक्षकले आफूले विद्यालय तहमा पढाएको एक विद्यार्थीसँग लिएको परीक्षा हो । थाहा छैन, त्यो विद्यार्थीले शिक्षकका अपेक्षा पूरा गर्नेगरी जवाफ दिन सक्यो या सकेन । मलाई थाहा छ, हरेक विद्यार्थी सबै परीक्षामा पास हँुदैनन् । पासफेल जे भएपनि मलाई त्यो स्वीकार्य छ । मलाई राम्रोसँग थाहा छ हारजीत, राम्रोनराम्रो, सफलअसफल केवल क्षणिक कुरा हुन् तथापि शिक्षकले आफ्नो विद्यार्थी माथि गरेको विश्वासलाई अत्यन्तै छोटो समयमा आँट गरेर जवाफ दिने प्रयास गरेको छु । हार, नराम्रो र असफल नै भएपनि मलाई खुसीसाथ त्यो परिणाम स्वीकार्य छ ।
अन्त्यमा, म यहाँको आगामी दिन अझ रचनात्मक बनून र विद्यार्थी माथिको यो विश्वास अझ कायम रहोस् भन्ने कामना गर्दछु ।

।।समाप्त।।