पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष कार्कीद्वरा श्रमजीवि पत्रकार राहत प्याकेज वितरण

चैत्र २७,सम्झना श्रेष्ठ,

सिन्धुली । पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष राजन कार्कीले श्रमजिवि पत्रकार राहत प्याकेज वितरण गर्नुभएको छ । उहाँले व्यक्तिगत लगानीमा रुपमा जिल्लामा संचालित ६ वटा मिडियाहरुमा कार्यरत् १९ जना पत्रकारहरुका लागि उक्त राहत प्याकेज वितरण गर्नुभएको हो ।

उहाँले विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको त्राससँगै लकडाउनको यस परिस्थितिका विच सुचना सम्प्रेषणमा अहोरात्र खटिएका श्रमजिवि पत्रकारलाई थोरै भएपनि सहयोग पुगोस् भन्ने उद्धेश्यले राहत प्याकेज ल्याइएको बताउनुभयो । सदरमुकाममा डेरा गरि बस्ने पत्रकारलाई यस अप्ठ्यारो अवस्थामा आफुले सानो सहयोग गरेको अध्यक्ष कार्कीको भनाई छ ।

उहाँले एकजनालाई कम्तीमा एक महिना खान पुग्ने खाद्य सामग्री उपलव्ध गराएको बताउनुभयो । राहत प्याकेजमा चामल, दाल, नुन, तेल, गेडागुडी, चिउरा, सावुन लगाएत रहेको छ । उहाँले एकजनालाई ३ हजार बराबरको राहत प्याकेज प्रदान गर्नूभएको हो ।

महासंघका अध्यक्ष कार्कीले जिल्लामा संचालित ५ वटा रेडियो र एउटा पत्रिकामा काम गर्ने १९ जना श्रमजिवि पत्रकारलाई राहत हस्तारण गर्नुभएको हो ।