फिफा वरियतामा नेपाल यथास्थानमा रहन सफल

चैत,२७


काठमाडौं– विश्व फुटबलको नियामक निकाय फिफाले सार्वजनिक गरेको वरियतामा नेपाल यथास्थानमा रहन सफल भएको छ ।

आज सार्वजनिक गरिएको फिफाको नयाँ वरियताअनुसार नेपाल १७०औँ स्थानमा रहँदा दक्षिण एशियाली राष्ट्रमा भने नेपाल तेस्रो स्थानमा रहेको छ । गत महिना पनि नेपाल १७०औं स्थानमै रहेको थियो ।

। नेपालभन्दा अगाडि रहेका भारत १०८औं स्थानमा रहँदा माल्दिभ्स १५५औं स्थानमा रहेको छ ।
नेपालभन्दा तल भुटान, बङ्गलादेश, श्रीलङ्का र पाकिस्तान रहेको छ ।

नयाँ वरियताको शीर्ष स्थानमा बेल्जियम रहेको छ भने फ्रान्स दोस्रो स्थानमा छ । त्यसैगरी ब्राजिल तेस्रो, इङ्ल्यान्ड चौथो तथा उरुग्वे पाँचौं स्थानमा रहेको छ ।