कोरना कहर”

जन्मीयो चिनमा चढेर उ जहाज् , संसारभरी फैलियो ।
कोरोना वमको निशानि जसरी, मानव् जगत् हल्लियो ।
माथीको तलको समान उसको, हेर्दैन सानो ठूलो ।
जाती कुन् उसको छ धर्म, तहको, जान्दैन बालक् बुढो ।

डाका चोर् जसरी छिर्यो उ घरमा, आतंकको राज भो १
मानिस् मानिसको अनिष्ट मनमा, मस्तिष्क गोल्माल भो ।
रोयो है इटली, वेलायत रुयो, यूरोप् रुयो धर् धरी ।
माग्दै छन् ति गुहार् मलिन स्वरले, त्यागी अहंकार नी ।
खोकी लाग्छ घरी-घरी तब यहाँ, रूगा र मर्की पनि ।
घाँटी दुख्छ र श्वास फेर्न असहज्, यस् रोगको चाल हो ।
आयो है यसरी हरेक जनमा, ूकोरोनाूको हाल यो ।

राज्यले जसरी घरवन्दीूको यहाँ, गर्यो ठूलो घोषणा ।
आफ्नै हो जनको भनेर हितमा, वस्नै पर्छ होसमा ।
पंजा, मास्क, लगाउनुहोस सदा, सावुन(पानीले हात धुदा ।
कोरोनाू सँगको विजयस् सवले, पाउनै परेको हुदा।

कार्खाना छन यी विज्ञान रुपको, हार्यो मुहान् सृष्टिको ।
वम् गोला अणुको कताछ महिमा, खै युद्ध पो शूरु भो रु
ठूला छौ कि सवल् विज्ञान दुनियाँ, आशा छ तिम्रो अती
चाहीयो उपचार् छिटो कि नभए, हुनेछ ठूलो क्षती १

सरिता दाहाल ढुङ्गेल, रामेछाप