नेपाली कांग्रेस लिखुतामाकोशी ईकाई द्वारा साबुन तथा मास्क वितरण

रामेछाप । चैत्र २८ ।

नेपाली कांग्रेस लिखुतामाकोशी ईकाईले लिखुतामाकोशी गाउँपालिका वडा नं. ७ मा साबुन तथा मास्क वितरण गरेको छ । वडामा रहेका प्रत्येक घरमा पुगेर साबुन तथा मास्क वितरण गरिएको नेपाली कांग्रेस तामाकोशीका ईकाई सभापति शंकर कार्कीले जानकारी दिनु भयो ।

विश्वमा महामारीका रुपमा फैलिरहेको कोरोना भाईरसको संक्रमणबाट कसरि बच्न र बचाउन सकिन्छ भन्ने उद्देश्यले जनचेतना जगाउदै साबुन तथा मास्क वितरण गरिएको नेपाल विद्यार्थी संघ रामेछापका नेता नारायण थापाले बताउनु भयो ।

वितरण कार्यक्रममा तरुण दल रामेछाप लिखूतामाकोशी गाउँपालिकाका सचिव बिरेन्द्र बाेहाेरा, नेपाली कांग्रेसका आमन्त्रित जिल्ला सदस्य गणेश बोहोरा लगायतको सहभागिता रहेको थियो ।