फौजी किराले मकै नष्ट, किसान चिन्तित् : कृषि ज्ञान केन्द्र सम्पर्कमा आएन

चैत,२८,

रामेछाप । रामेछापको मन्थली नगरपालिका वडा नं १ मा कृषकहरुले लगाएको मकै फौजी किराले सखाप पारेको छ । मन्थली फाँटमा करिब ४ सय रोपनीमा लगाएको मकै केहि दिनदेखी फैलिएको फौजी किराले नष्ट पारेको कृषक मदुसुदन पौडेले जनता भ्वाईसलाई जानकारी दिनुभयो ।

करिब ६०्-७० घर परिवारले लगाएको मकै नष्ट पारेको अर्का किसान महेश पौडेलले बताउनुभयो ।
उहाँहरुले एकै स्वरमा भन्नुभयो– “कोरोनाको महामारीले घरबाट सम्बन्धीत ठाउँमा जान सकिएको छैन, केहि दिन देखी फैलिएको यो फौजी किराले बारीमा लगाएको मकै पनि सखाप नै पारी सक्यो ।”

लगभग ४ सय रोपनीमा लगाएको मकैको गुभा काटेर बढ्नै नदिने भयो । हामी त समस्यामा पर्यौ ।
त्यस्तै स्थानीय कृषक बखत बहादुर थापा र अर्जुन पौडेलले पनि फौजी किराले बाली नष्ट पारेको गुनासो गर्नुभयो ।
यता कृषि ज्ञान केन्द्र मन्थली रामेछापको ०–४८५४००६३ मा पटक पटक सम्पर्क गर्दा पनि सम्पर्कमा आएको छैन ।