नयाँ वर्षको शुभकामना सहित कृष्ण राइको मरे म त सार्वजनिक (भिडियो सहित)

चैत,३०, अनिता थापामगर

रामेछाप । नयाँ बर्ष २०७७ सालको शुभकामना सहित सर्जक कृष्ण राइ बिन्दासको नयाँ गीत बजारमा आएको छ । नेपाली मौलिक लोक गीत संगीतमा निरन्तरता दिदै म्युजिक ल्याब प्रा‍‍. लि.को प्रस्तुती लोक दोहोरी गीत मरे म त गितको बोल बजारमा आएको हो ।
सिन्धुलीका सर्जक कृष्ण राइ बिन्दासको शब्द, स्वर पुर्णकला बि.सि. र सन्जु गैरेको मनैछुने आवाजमा रहेको गित मरे मत बजारमा आएको हो ।
गितको लय सन्जु गरैको रहेको छ ।

कोरोना भाइरस बाट आफु पनि बचौँ अरुलाई पनि बचाऔँ भन्दै बैदेशिक रोजगारीमा रहेका सर्जक राई बिगत ५ बर्षदेखी गीतसंगितको क्षेत्रमा अनवरत रुपमा लागि रहनुभएको छ । गितमा निर्देशन हुम गैरेले गर्नुभएको छ भने उत्पादक र वितरक म्यूजिक ल्याब प्रा. लिले गरेको छ ।

भिडियो हेर्नुस् ।