रेडक्रसद्वारा दुइ पालिकालाई सामाग्री हस्तान्तरण : मन्थलीलाई १० थान पिपिइ

चैत्र ३०,

रामेछाप । नेपाल रेडक्रस सोसाइटी रामेछापले दोरम्बा गाउँपालिका र सुनापती गाउपालिकालाई क्वारेनटाइनको प्रयोजनका लागि सामाग्रीहरु हस्तान्तरण गरेको छ ।

शनिबार र आइतबार कोरोना भाइरस संक्रमणबाट सुरक्षीत हुने सामाग्री हस्तान्तरण पालिकाहरुलाई पालिकामानै पुगेर हस्तान्तरण गरेको  नेपाल रेडक्रस सोसाइटी रामेछाप शाखाका मन्त्री जयप्रकाश श्रेष्ठले जनता भ्वाईसाई जानकारी दिनुभयो ।

रेड्क्रसले दोरम्बा गाउँपालिकालाई मण्डी २० थान, बाल्टीन १० थान र हात धुने साबुन १ सय ५० पिस दिएको हो । त्यस्तै सुनापती गाउँपालिकालाई विभिन्न परिमाणका आवश्यक सामाग्री दिएको मन्त्रि श्रेष्ठले बताउनुभयो ।  

पालिकामा अपुग भएको सामाग्री स्थानीयहरुलाई कोरोना भाइरसको संक्रमणबाट बचाउनको लागि शाखाले दिएको श्रेष्ठको भनाई छ ।

मन्थली नगरपालिकामा पनि आवश्यक सामाग्री हस्तान्तरण

(पिपिइ) मन्थली

यता मन्थली नगरपालिकालाई सोहि नगरपालिका वडा न ९ पुरानागाउँका वडा अध्यक्ष बुद्धि बहादुर पुलामीको अगुवाइमा सोही वडाबासी कृष्ण कुमार श्रेष्ठ र प्रकाश श्रेष्ठले मन्थली नगरपालिकालाई २ सय थान सर्जिकल मास्क तथा (पिपिइ) पर्सनल प्रोटेक्टिभ ईक्युप्मेट १० थान हस्तान्तरण गरेको मन्थली नगरपालिकाका ईन्जिनियर होम खड्काले जनता भ्वाईसलाई जानकारी दिनुभयो ।