लिखु तामाकोशीमा भिरबाट लडेर एकको मृत्यु

चैत्र ३०,

रामेछाप । रामेछापको लिखु तामाकोशी गाउँपालिका वडा नम्बर ४ भुर्साको भिरबाट लडेर एक बृद्धाको मृत्यु भएको छ।

जिल्लाको लिखु तामाकोशी गाउँपालिका वडा नम्बर ४ भुर्सा भन्ने ठाउँमा ४८ बर्षिय ज्ञान बहादुर सुनुवारको लडेर मृत्यु भएको ईलाका प्रहरी कार्यलय धोबिले जनाएको छ ।


ओखलढुंगा जिल्ला खिजिदेम्बा गाउँपालिका ४ नेवारे स्थायी घर भएका सुनुवार रामेछाप जिल्ला, लिखु तामाकोशी गाउँपालिका १ दुरगाउँको पुन्दि भन्ने ठाउँमा २० बर्ष देखी बसोवास गर्दै आएको प्रहरी जवान अञ्जन हरि न्यौपानीले जनता भ्वाईसलाई जानकारी दिनुभयो ।

हाँका अनुसार गएको चैत २६ गते घरबाट सामान किन्न भनी धोवीहाट हिँडेका सुनुवार घर नफर्केपछी २७ गते देखि खोजी गर्न थालिएको र ४ दिनपछी चैत २९ गते लिखु तामाकोशी गाउँपालिका भुर्साको पाखामा मृत अबस्थामा फेला परेको हुन ।

बाटोबाट करिब ५०० सय मिटर तल उनको शव फेला परेको थापाको भनाइ छ।मृतक सुनुवारको शवलाई स्थानिय र प्रहरी मिलेर उद्दार गरेका थिए । मृतक सुनुवारको शव पोष्टमार्टम गर्न जिल्ला सदरमुकाम मन्थली ल्याएको छ ।