उमाकुण्डमा नयाँ वर्षको शुभकामना दिन उप–प्रमुख नागरिकको घर–घरमा सामाग्री सहित

वैशाख, ०१,

रामेछाप । रामछापको उमाकुण्ड गाउँपालिका वडा नं १ गुम्देलमा ६ सय घर परिवारलाई कोरोना भाइरस संक्रमणबाट सुरक्षित हुन सामाग्री हस्तान्तरण गरिएको छ ।

सोमबार गाउँपालिकाका उम–प्रमुख तथा सोहि वडाकी स्थानीय उर्मिला कार्कीको नेतिृत्वमा वडामा रहेका प्रत्येक नागरिकलाई हात धुने साबुन, स्यानिटाजर र मास्क हस्तान्तरण गरिएको उप-प्रमुख कार्कीले जनता भ्वाइसलाई जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो– आजबाट हामीले नयाँ वर्षको शुभकामना सहित प्रत्येक नागरिकहरुको घर नजिक पुगेर सामाग्री हस्तान्तरण गर्न सुरु गरेका छौं यो गाउँपालिकाका प्रत्येक वडामा गर्नेछौं । चार समुहमा विभाजित भएर सामाग्री हस्तान्तरण गर्न लागिको उहाँको भनाई छ ।

सोमबार हस्तान्तरण गरेको सामाग्री १ नं वडाले खरिद गरेको हो ।