पहिलो रिपोर्ट नेगेटिभ रामेछापमा

बैशाख १,

रामेछाप । रामेछापमा सोमबारबाट कोरोना भाइरसको र्यापिड टेष्ट सुरु भएका छ । पहिलो दिन जिल्लाको मन्थली नगरपालिकामा एज जनाका र्यापिड टेष्ट गरिएको र रिपार्ट नगेटिभ आएको जिल्ला अस्पताल रामेछापका प्रमुख जितेन्द्र कुमार कर्णले जनता भ्वाइसलाई जानकारी दिनुुभयो ।

उहाँले भन्नुुभयो–नयाँ वर्षले हामीले जति सोचेका थियौं, त्यति मानिसहरु जाँचको लागि आएनन । पहिलो एक जनाको परिक्षणमा रिपोर्ट नेगेटिभ आएको छ ।

र्यापिड डायग्नोस्टिक टेष्ट (आरडीटी) प्रविधिबाट (कोभिड)१९ को परीक्षण गर्ने र यसमा कसैलाई पोजेटिभ देखिए पीसीआर प्रविधिबाट परीक्षण गरिने बताउनुुभयो ।
सोमबारसम्म विभिन्न देशबाट आएका ६६ जनालाई क्वारेन्टाइनमा राखिएको , २ सय ९१ बेडको क्वारेनटाइन र ५८ बेडको आसोलेसन कक्ष स्थापना गरिएको जानकारी दिनुुभयो ।