रौतहटका एक युवकमा पनि देखियो कोरोना संक्रमण, संक्रमितको संख्या १४ पुग्यो

बैशाख ०१,

काठमाडौं । रौतहटका एक युवकमा कोरोना भाइरस (कोभिड १९)को संक्रमण देखिएको छ । क्वारेन्टाइनमा रहेका १९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १४ पुगेको छ । उनीहरु मध्ये एक निको भइसकेका छन् ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार रौतहटको क्वारेन्टाइनमा रहेका १९ वर्षिय युवामा कोरोना देखिएको हो।


उनलाई उपचारको लागि अस्पताल लैजाने तयारी भइरहेको छ। यस्तै कैलालीको लम्कीचुवाको क्वारेन्टाइनमा रहेकी ६५ वर्षिय महिलामा पनि कोरोना संक्रमण देखिएको छ। उनको सेति प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

उनीहरुको कन्ट्रयाक ट्रेसिङ गर्ने काम भइरहेको देवकोटाले बताउनुुभयो ।