आफुखुसी राहत वितरण नगर्न जिल्ला प्रशासन कार्यालय रामेछापको अनुरोध

वैशाख,०२

रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापले जिल्ला भित्र आफुखुसी राहत वितरण नगर्न अनुरोध गरेको छ ।

बैशाख २ गते मंगलबार सूचना जारी गरि प्रशासनले अनुरोध गरेको हो । हरेक वडाले राहत वितरणका लागि नामावली संकलन गररहेकोले राहत वितरण गर्न गराउन चाहने व्यक्ती वा संघ संस्थाले पालिकामा सम्पर्क गरि पालिकाको मापदण्डमा रहि राहत वितरण गर्न गराउन समेत सूचनामा स्पष्ट लेखिएको छ।

जिल्ला प्रशासन कार्यालय रामेछापले जारी गरेको सूचना ।