काभ्रेमा दुई युवामा पनि देखियो कोरोना संक्रमण

वैशाख,२

काभ्रे ।काभ्रेपलाञ्चोक जिल्लाको बेथान्चोक गाउँपालिका र मण्डनदेउपुर नगरपालिकामा एक एक जनामा परिक्षणको क्रममा कोरोना संक्रमणको लक्षण देखिएको छ । थप परिक्षणका लागि धुलिखेल अस्पतालमा पठाएको छ ।

बेथान्थोक गाउँपालिका वडानम्वर ५ का २८ बर्षिय युवालाई आरडिटी परिक्षणमा कोरोना भाईरसको संक्रमण देखिएको हो । उनी चैत्र ९ गते भारतबाट नेपाल फर्किएका थिए । उनलाई आज नै धुलिखेल अस्पतालमा थप परिक्षणका लागि पठाएको छ । पहिलो परिक्षणमा उहाँलाई संक्रमण देखिए पनि दोश्रो परिक्षणमा नदेखिन सक्ने अस्पतालले जानकारी दिएको छ । बेथान्चोक गाउँपालिमा २२ जना चैत्र १ गते पछि फर्किएका ब्यक्तिहरु छन् ।

त्यस्तै मण्डन देउपुर नगरपालिमा वडा नम्वर ३ नयाँ गाउँका २३ बर्षिय युवामा द्रुतगतिको आरडिटी परिक्षणमा कोरोना भाईरसको संक्रमण देखिएको हो । उनी गएको चैत्र ७ गते दुबईबाट फर्किएका थिए । उनलाई २२ दिनक्वारेन्टाईनमा राखेर घर पठाईएको थियो । उनलाई पनि थप परिक्षणका लागि धुलिखेल अस्पताल पठाएको छ । उनको स्वाबको परिक्षणपछि दोश्रो रिपोर्ट आउनेछ ।