चिसापानीमा आगलागी, दुई जना नियन्त्रणमा

वैशाख,०२,

रामेछाप । मन्थली नगरपालिका वडा नं ८ चिसापानीस्थित बुढिखोरिया सामुदायिक वनमा आगलागी भएको छ । मंगलबार स्थानीयले आगोलागेको थाहापाए लगतै वडा कार्यालयलाई जानकारी दिएको र आफुले खबर प्राप्त गरेको सोही वडाका, वडा अध्यक्ष राजकुमार श्रेष्ठले जनता भ्वाईसलाई जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो – आगो लागेको छ, मैले भर्खरै खबर प्राप्त गरेको छु केहि साथीहरु घटना स्थलतर्फ आगो नियन्त्रणमा लिन सकिन्छ की भनेर घटना स्थलतर्फ जाँदै हुनुहुन्छ, यकिन जानकारी आएको छैन । म वडाको काममा ब्यस्त भएको कारण जान सकिरहेको छैन ।

उहाँका अनुसार– दुई जना युवाहरु सम्बन्धीत घटनाको आशंकामा स्थानीयको नियन्त्रणमा रहेका छन् । उहाँले भन्नुभयो– मलाई प्राप्त खबर अनुसार दुई जना केहि साथीहरुले नियन्त्रणमा रहेका छन् तर उनीहरुनै हुन भन्ने यकिन भएको छैन अनुसान्धान जारी छ ।

फोटो सानुबाबु पुरी