सिन्धुलीमा एक हप्ता आयातित सामानमा प्रतिवन्द, ३ घण्टा पसल खोल्न पाइने

वैशाख,२ सम्झना श्रेष्ठ,

बैशाख २ सिन्धुली । सिन्धुलीमा अवको एक हप्ता बाहिरी जिल्ला बाट आयात हुने तरकारी तथा फलफुल बन्द गरीने भएको छ । आज बसेको सर्वदलिय बैठकले विश्वभर फैलिरहेको कोरोना भाइरसको उच्च जोखिमलाई मध्यजर गर्दै यस्तो निर्णय गरेको हो । यो निर्णयको आज मध्यराती १२ बजेदेखि आगामी बैशाख ९ गते राती १२ बजेसम्म लागु हुने जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जनाएको छ ।
यसैगरि जिल्ला भित्र संचालित दुध, फलफुल, खाद्यान्न तथा तरकारीको पसल खोल्ने समयको पनि निर्धारण गरिएको छ । अव दुध, फलफुल, खाद्यान्न तरकारी लगाएत सामग्रीको पसलहरु विहान ६ बजेदेखि ९ बजेसम्म मात्र खोल्न पाइने छ ।