सिन्धुलीमा ८६ जनाको कोरोना परिक्षण, सबैको रिपोर्ट नेगेटिभ

बैशाख २ ,सम्झना श्रेष्ठ,

सिन्धुली । सिन्धुलीमा अहिलेसम्म ८६ जनाको कोरोना परिक्षण गरिएको छ । मंगलबार मरिण गाउँपालिका र हरिहरपुरगढी गाउँपालिकामा ६४ जनाको कोरोना परिक्षण जिल्ला प्रशासन कर्यालय सिन्धुलीका सुचना अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिनुभयो । मंगलबार मरिणमा ३८ र हरिहरपुरगढीमा २६ जनाको कोरोना जाँच गरिएकोमा सबैको नतिजा नेगेटिभ आएको बताइएको छ ।
गत आइतबारदेखि सिन्धुलीमा ¥यापिट डाइग्नोस्टिक टेष्ट (आरडिटि) मार्फत कोरोना परिक्षण सुरु गरिएको हो । हालसम्म दुधौली नगरपालिकामा १८ जना, सिन्धुली अस्पतालमा ४ जना, मरिण गाउँपालिका ३८ जना र हरिहरपुरगढी २६ जना गरि ८५ जनाको स्वास्थ्य परिक्षण गरिसकिएको छ । हालसम्म परिक्षण गरिएका सबैको नतिजा नेगेटिभ अर्थात कोरोना संक्रमण नभेटि आएको स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ ।
यसैबिच मंगलबार सिन्धुली अस्पतालमा काठमाडौँ पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएका सिन्धुलीको कमलामाई नगरपालिका ७ रामपुरका एक पुरुषर्को यापिड किट (र्‍यापिड डाइग्नोस्टिक टेस्ट) गरिएको छ । उनको (आरडिटि) टेस्ट गर्दा रिपोर्र्ट नेगेटिभ आएको अस्पताल स्रोतले जनाएको छ । अहिले उनी र उनको बुवा लाई शिवनगरमा रहेको क्वारेन्टाइनमा राखिएको अस्पताल विकास समितिका अध्यक्ष प्रलाद पोखरेलले जानकारी दिनुभयो ।