कोरोना-कहर

कोरोना उदायौ तिमी यसरी किन
महा शक्तिशालि भएर।
बस्नु परेको छ आज हामी घर घरमा
तिमीसंग डराएर।।


ज्ञान विज्ञानलाई चुनौती दियौ
शक्तिशाली भयौ आज।
तिम्रै आतंक विश्वब्यापी
तिम्रै छ अहिले राज।।


एड्स क्यान्सर भन्दा पनि घातक तिमी
सकेनन् चिन्ह कसैले तिमीलाई।
गल्ती भयो के नै र तिमी उदायौ
ध्वस्त बनाउन मानव जीवनलाई। ।


हल्ला सञ्जालभरि छ तिमीलाई ठिक पार्ने
इन्जेक्सन औषधि बनायौ भनेर।
तर तिमी हिडि रहेछौ विश्वभरि नै
सबैलाई आक्रान्त बनाएर।।


बैज्ञानिक,विज्ञ,अनुसन्धान कर्ता
सबैले विवेक लगाउँदा पनि।
तिमी भने दिनदिनै उग्र रूप लिन्छौं
कोही केही होइनन् मेरो अगाडि भनि। ।


मानवले जति नै विज्ञान प्रविधिको
आविष्कार गरेता पनि।
प्रकृतिसंग झुक्नु नै पर्ने रहेछ
आखिर केही सीप लागेन भनि।।


मै हु भन्नेहरूलाई पनि चित खुवायौ
डराए तिम्रो शक्ति देखेर।
तिमी कुन रूप गुणका हौ?बुझ सकिन
चित्त बुझाउँछु यति लेखेर।।

  • बलदेव कार्की