गोरखाका युवकमा देखियो कोरोना पोजेटिभ

वैशाख ३,

गोरखा । बहराइनबाट फर्किएका गोरखाका एक युवकको र्‍यापिड डाइग्नेस्टिक किट (आरडीटी) विधिबाट गरिएको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ ।

आरुघाट गाउँपालिका–५ का ३१ वर्षीय एक युवकमा गरिएको र्‍यापिड टेस्टमा पोजेटिभ रिपोर्ट आएको जिल्ला स्वास्थ्य कार्यालय, गोरखाका कोरोना फोकल पर्सन नारायण अर्यालले जानकारी दिए ।

ती युवा गत फागुन २२ गते बहराइनबाट नेपाल आएका थिए । मंगलबार जिल्ला जनस्वास्थ्य कार्यालयले आरुघाट गाउँपालिकामा गरेको र्‍यापिड टेस्ट गरेकोमा उनको मात्रै एन्टिबढी पोजेटिभ देखिएको हो ।

र्‍यापिड टेस्टको रिपोर्ट पोजेटिभ आए पनि ती युवामा कोरोनाको लक्षण नदेखिएको र अवस्था सामान्य रहेको बताइएको छ । उनलाई अहिले आरुघाट प्राथमिक स्वास्थ्य केन्द्रको आईसोलेसनमा राखिएको छ ।

उनको थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि पोखरा पठाइएको अर्यालले जानकारी दिए । यो सामाचार Onlinekhabr ले लेखेको छ ।

जनता भ्वाईसको एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।