रामेछाप जेसिज द्वारा खाद्यान्न वितरण

वैशाख,०३

रामेछाप । रामेछाप जेसिजले खाद्यान्न वितरण गरेको छ । “मानवताको सेवा नै जिबनको सर्बोत्तम कार्य हो ” भन्ने भनाइ बाट अभिप्रेतित भइ लिखु तामाकोशी गाउँपालिका वडा नं. ०६, खिम्तीमा कोरोना भाइरस (COVID 19)बाट प्रभावित बिपन्न परिवार लाई खाद्यान्न वितरण गरेको हो ।

वडा अध्यक्ष शिव न्यौपाने ,सदस्य शेर ब.थापा ,समाजसेबि तथा नेपाली काङ्ग्रेसका नेता पदम माझी ,जहान सिंह खत्री , खिम्ती प्रहरी चौकीका प्रमुख , कमल खत्री , बिपिन दाहाल,राजन कार्की, पौरखी महिला समाज लिखु तामाकोसी गा .पा . ०६ खिम्तीकी अध्यक्ष आइती माझी तथा  स्थानीय युवाहरुको उपस्तिथिमा राहत वितरण गरेको हो । जेसिजले २२ परिवारलाई३० केजी चामल २ केजी दाल र केजी नुन १ लिटर तेलका दरले राहत वितरण गरेको जेसिज रामेछापका बर्ष २०२० का का .का . उपाध्यक्ष जिबन कार्कीले जनता भ्वाईसलाई जानकारी दिनुभयो ।


जनता भ्वाईसको एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।