सनसिटीमा गरिएको र्‍यापिड टेष्टमा कसैमा कोरोना देखिएन

वैशाख,०३


काठमाडौं। काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बुधबार गरिएको र्‍यापिड डाइग्नोस्टिक टेष्टमा सबै जनाको रिपोर्ट कोरोना नेभेटिभ आएको छ ।

बुधबार बिहान ९ बजेदेखि स्वास्थ्य मन्त्रायलको टोलीले अपार्टमेन्टको ब्लक एमा रहेका सबैको परीक्षण गरेकोमा सबैको रिपोर्ट नेगेटिभ आएको हो ।

संक्रमित २ जनाको घरमा काम गर्ने दुई युवाको रिपोर्ट पनि नेगेटिभ आएको छ । मंगलबार उक्त अपार्टमेन्टमा बस्दै आएका २ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

जनता भ्वाईसको एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।