कोरोना फैलिएका देशबाट नेपालीलाई फर्काउन सर्वोच्चको आदेश

बैशाख,४,निरोज कुमार थापा,

काठमाडौँ। सर्वोच्च अदालतले कोरोना भाइरस फैलिएका देशमा रहेका नेपाली नागरिकलाई तत्काल स्वदेश फर्काउन आदेश दिएको छ ।

सर्वोच्चका न्यायाधीश सपना प्रधान मल्लको एकल इजलाशले कोरोना महामारीसँगै विदेशी मुलुकहरुले आफ्ना नागरिकहरु फर्काइरहेको सन्दर्भमा विभिन्न देशमा रहेका नेपाली नागरिक पनि फर्काउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो ।

सर्वोच्चले महामारी फैलिएका देशमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको अवस्थाबारे प्रतिवेदन तयार गर्न पनि आदेश दिएको छ ।