मरिण गाउँपालिकाले स्वास्थ्य सामाग्री वितरण गर्ने

बैशाख ४,

सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिकाले घरभाडामा बस्नेहरुलाई सरसफाई सामाग्री वितरण गर्ने भएको छ । बुधवार स्थानीय विपद तथा जलवायु उत्थानशिल समिति तथा आपत्कालिन दुर्घटना कोष तथा व्यवस्थापन समितिका अध्यक्ष एवं गाउँपालिका अध्यक्ष पानीराज बम्जनको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले राहात वितरणको लागि वडाबाट आएका नामावली सार्वजनिक गर्ने निर्णय गरेको अध्यक्ष बम्जनले जानकारी दिनुभयो । साथै लकडाउनलाई थप कडाईका साथ लागु गर्ने र खाद्यान्न ढुवानीमा मदिरा तथा चिसो पेय पदार्थ ओसार प्रसार भएको गुनासो आएकाले त्यस्ता कार्य गर्न कडाइ गर्ने पनि निर्णय गरेको छ ।

बैठकमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा न्यूनीकरणको लागि सवै पालिका बासिलाई लकडाउनको पालना गरि घरमा नै बस्न आग्रह गरिएको थियो ।