हेटौंडाका चार जनामा र्‍यापिड टेस्ट पोजेटिभ

बैशाख ०४,

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाभित्र भएको र्‍यापिड टेष्टमा ४ जनाको कोरोना पोजेटिभ देखिएको छ। हेटौंडा–१५ चुरियामाई र हेटौंडा–४ बासुदेव सभागृहमा भएको र्‍यापिड टेष्टमा ४ जनाको पोजेटिभ आएको हो। बासुदेव सभागृहमा भएको ४० जनाको टेष्टमा एक महिला र ३ पुरुषमा रिपोर्ट पोजेटिभ आएको टेष्टमा संलग्न मेलानका केन्द्रीय सचिवालय सदस्य उत्सव चौलागाईले बताउनुभयो।

उनीहरूमध्ये भारत विहार घर भई हेटौंडा–४ आफन्तमा आएकी ५५ वर्षीय एक महिला, भारत गएर फर्किएका हेटौंडा–२ का ६७ बर्षीय एक वृद्ध, भारत बैङलोरबाट फर्किएका हेटौंडा–५ का २४ वर्षीय एक युवक र साउदी अरबबाट फर्किएका ३२ वर्षीय एक युवक रहेका छन्।

उनीहरुलाई पिसिआर जाँचका लागि स्वाब संकलनका लागि हेटौंडा अस्पताल लगिएको छ। हेटौंडा–१५ मा गरिएको टेष्टमा भने सबैको नेगेटिभ पाइएको छ।

यसैबीच, र्‍यापिड टेष्टमा पोजेटिभ पाइएकाहरुका परिवार, नियमित सम्पर्क हुनेहरुको पनि स्वाब संकलनका लागि अस्पताल लगिएको छ। बागमती प्रदेशमा हालसम्म करिब १८ सय जनाको र्‍यापिड डाइग्नोसिस टेष्ट विधिमार्फत जाँच गरिएको छ। यो समाचार रेडियो nrn ले लेखेको छ ।