काेराेना: ५ लाख ४७ हजारभन्दा धेरै निकाे भए

बैशाख ५,

काठमाण्डाै । विश्वव्यापी रुपमा फैलिएकाे काेराेना भाइरस (काेभिड १९) बाट २१ लाख ८२ हजारभन्दा धेरै सङ्क्रमित भएका छन् । दुई सय १० देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा फैलिएकाे भाइरसबाट २१ लाख ८२ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ ।

सङ्क्रमितमध्ये पाँच लाख ४७ एक सय ५५ जना निकाे भएका छन् भने १४ लाखभन्दा धेरैकाे उपचार भइरहेको छ । त्यस्तै एक लाख ४५ हजार पाँचभन्दा धेरैकाे ज्यान गएकाे छ ।

गएको २४ घण्टामा २१ सयभन्दा धेरैको ज्यान गएसँगै अमेरिकामा मात्रै ३४ हजार पाँच सयभन्दा धेरैको ज्यान गएको छ । त्यस्तै ६ लाख ७७ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै इटलीमा २२ हजारभन्दा धेरै, स्पेनमा १९ हजारभन्दा धेरै, फ्रान्समा साढे १७ हजार ९ सयभन्दा धेरैको ज्यान गएको छ । यस्तै भारतमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या चार सय ४८ पुगेको छ भने १३ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ । एजेन्सी

याे पनि पढनुस