गोकुल गंगामा विदेशबाट आएका ४१ जनाको रिपोर्ट नेगेटिभ

वैशाख, ०५

रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिकामा ४१ जनाको दुरत परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।


विश्वभरि आतङ्कित बनेको कोरोना भाईरस संक्रमणको पहिलो चरण अन्र्तगत पालिकाले गरेको ¥यापिड टेष्टमा वैदेशीक रोजगारीबाट आएका ३७ जना र राजधानी लगाउतका ठाउँबाट आएका ४ जना गरि ४१ जनाको परिक्षण गरिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम प्रसाद सुवेदीले जनता भ्वईसलाई जानकारी दिनुभयो ।

उहाँले भन्नुभयाे-हामीले दुइ हिजाे र अाज परिक्षण गरेका हाैं र सबै रिपाेर्टनेगेटिभ अाएकाे छ ।
उहाँका अनुसार सबैको रिपोर्ट नेगेटिभ आएको छ । ६ वडा रहको पालिकाम सबै वडाका स्वास्थ्य चौकीमा परिक्षण गरिएको थियो ।