“मेरो पहिलो प्रेम”-निर्मल घिमिरे

वैशाख ०५

जतिबेला उमेर २१ बर्षको थियो मेरो, त्यसबेला म बालबालिकाहरुको सवालमा काम गर्ने एक प्रोजेक्टमा कार्यरत थिए । तिनै बालबालिका हरु सँग नै काम गर्ने संस्था हरुको एक ‘अ्ब्रेला अर्गनाइजेशन’ ले साताब्यापी एक आवासिय तालिम नगरकोटमा आयोजना गरेको र सो तालिममा मेरो अफिसले सिफारिस गरी पठाउने निर्णय गरेकोले म जाने भए । एकाबिहानै हतार-हतार कार्यालयबाट दिएको सम्पर्क ब्यक्तीलाई फोन गरी बस चढ्न कोटेश्वर पुगे । बस मलाई नै कुरी बसेको थियो । ट्राफिक जाम हुने भएकोले गुरुजीले बस घ्याच्च अगाडी सार्दै रोक्दै थिए भने पछिल्ल्तिर बाट ट्राफिक प्रहरी सिट्ठी फुक्दै अगाडी जाने इसारा गर्दै थियो । मैले बस चिने र दौडदै चढे ।

बसको ढोका उक्लन साथ गुलाबी रङको कुर्ता सलवार माथी सेतो चुन्नी ओढेकी, हिस्सी परेको बाटुलो अनुहार्, सलक्क परेका घुडा सम्म आइपुग्ने लामो कपाल्, पातली, नाक निर कालो कोठि, मुसुक्क हासेकी अत्यन्तै राम्री युबतीलाई देखे । उनि सार्है राम्री थिइन । उनलाई देख्ना साथ मन नै खै कस्तो कस्तो अचम्मको भयो । पुराना हिन्दी फिल्ममा हिरोइन लाई हिरोले देख्दा जस्तो सिन देखिन्छ, म मा पनि त्यस्तै भावानुभुत भयो । मैले त्यो उमेर सम्म धेरै मान्छे देखे होला सायद तर पहिलो पटक त्यस्तो भएको थियो जुन यो भन्दा अघी कहिल्यै भएको थिएन । देख्नासाथ मन अर्कै किसिमले तरङ्गित भयो । पछाडी सिटमा गएर बसे । उनि चाही बिच तिरको सिटमा थिइन , तन पछाडी रहे पनि मेरा नयन उनमै पुगिरहेको थियो । पछाडीबाट हेर्दा उनलाई राम्रो सँग नदेखिए पनि उनको कपाल अनि जिउ अलि अलि देखिन्थ्यो । म उनैलाई हेर्दै बसे । बस आफ्नै गतीमा मधुर सङ्गित बजाउदै दगुर्यो ।

लगभग २ घण्टा को यात्रा पस्चात हामी तालिम सन्चालन हुने ‘माउण्ट स्पेस रिसोर्ट’ मा पुग्यौँ । त्यहाँ पुगुन्जेल सायद मेरा आखा उनि मै अडिरहेका थिए । अरु तिर हेर्ने मेरो फुर्सद नै थिएन । सबै सहभागी हरुले आ-आफ्ना सरसमान लिएर होटलले ब्यबस्थापन गरेको कोठा तिर पुगी फ्रेस भएर खाजा खान आयौ । कोठामा म र साथी विरेन्द्र बस्नेत ( हाल पोर्चुगल ) थियौ । खाजा खाइसके पस्चात तालिम औपचारिक रुपमा सुरु गर्न लाई हामी तालिम हलमा गयौ , सबैभन्दा पहिला प्रशिक्षक र सहभागि बिच परिचयात्मक कार्यक्रम खेलका माध्यमबाट गरियो ।

लगभग २ घण्टा को यात्रा पस्चात हामी तालिम सन्चालन हुने ‘माउण्ट स्पेस रिसोर्ट’ मा पुग्यौँ । त्यहाँ पुगुन्जेल सायद मेरा आखा उनि मै अडिरहेका थिए । अरु तिर हेर्ने मेरो फुर्सद नै थिएन । सबै सहभागी हरुले आ-आफ्ना सरसमान लिएर होटलले ब्यबस्थापन गरेको कोठा तिर पुगी फ्रेस भएर खाजा खान आयौ । कोठामा म र साथी विरेन्द्र बस्नेत ( हाल पोर्चुगल ) थियौ ।

त्यसबेला सम्म मनमा अनेक तर्कना आउनु सो बखत स्वभाबिक नै थियो, को होलिन , कहाँबाट आएकी होलिन्, जस्ता यावत मनोवादात्मक सवालका उत्तर सोही परिचय मार्फत जानकारी पाइयो । उनको नाम कोपिला पौडेल रहेछ , बाह्र कक्षा मात्र भर्खरै पास भएर चितवनको एक परियोजनामा बालबालिकाहरु कै सवालमा कार्यरत रहीछिन । उमेर १८ बर्ष लागेकी उनि भर्खरै जागिर सुरु गरेकी हुनाले उनको अफिसबाट उनलाई पनि सो तालिम मा सहभागी हुन उनि सहित अन्य दुइ जना लाई पठाइएको रहेछ ।

तालिम औपचारिक रुपमा सुरु भयो । जहाँ बालबालिका हरुको क्षेत्रमा काम गर्दै आएका बरीस्ट हस्तीहरु प्रशिक्षक हुनुहुन्थ्यो । उहाहरुले धेरै रमाइलो गरी प्रशिक्षण दिनु भएता पनि आफ्नो ध्यान चाही उहि “लुरी” केटी मै केन्द्रित भएको हुँदा खासै बुझ्न सकिन सो तालिमको शिक्षा ।

दिन भरी प्रशिक्षकहरुले धेरै राम्रा राम्रा कुराहरु सिकाउनु हुन्थ्यो तर मेरो ध्यान त्यता के जान्थ्यो र । केवल उनैमा केन्द्रित हुन्थ्यो । उनैलाई हेरिरहन मन लाग्थ्यो । बहुतै मन पर्न थालिसकेको थियो । उनले कहिले काही नजर जुद्दा हल्का मुस्कुराउने अनुहार झल्झल्ती आइरहन्थ्यो राती सुत्ने बेला मा पनि । सँग सँगइ बस्ने साथी लाई त्यो कुरा सेयर गरे, उसले पनि “ हेर केटा यत्ती को केटी लाई नै हो के तैले बिहे गर्ने, त्यसैले अगाडी बढ केटा बढ “ भनेर थप हौस्यायो । म मा झन शाहस बढेर आयो ।अनी झन झन दिवाना पन पो छाउन थाल्यो मन मा । उनले पनि थोरै सर्माएको, थोरै लजाएको, भएता पनि थोरै अड भान हुन्थ्यो ।

निर्मल घिमिरेका साथमा सानो परिवार

हामी तालिमका प्रशिक्षार्थीहरु दिन भरी तालिममा बस्थ्यौ भने साझ खाना खाइसकेपछी चाही रमाइलो, नाच-गान गर्थ्यौ । पोखरा र काठमाण्डौ कै रैथाने साथीभाइहरु तिरका बढो मज्जाले नाच्थे । मलाई चाही दिनमा दुइ /चार सय जती घण्टा भैदिए पनि कमसे कम हप्ता त ढिला बित्थ्यो झै लाग्थ्यो । बस्दै जादा त्यो एक साता बितेको पत्तै भएन । छुट्टिने दिन सबैजना घर गइन्छ अब भनेर खुशी देखिन्थे भने म चाही उनलाई देख्न नपाइने भइयो भनेर सार्है दुखित थिए । सबैले जाने बेलामा एक आपसमा फोन नम्मर सेयर गरे । तर सम्योग नै भन्नुपर्छ होला , मेरो नाम उल्लेख भएको कापी को कोलममा उनको फोन नम्मर अनि उनको भएको ठाउमा मेरो परेछ ।

औपचारिक रुपमा तालिम समाप्त भयो, होटेल कै बसले हामिलाई नगरकोटबाट कोटेश्वर सम्म ड्रप गरिदियो । सबैजना त्यहीबाट बिदावारी भए । मेरो मन चाही चसक्क दुखिरहेको थियो किनकि अब देखी मैले उनलाई देख्न पाइने थिइन । भोलीपल्ट मे एक तारिक यानिकी मजदुर दिवशको अवसर पारेर तत्कालिन माओबादी दलले राजाधानी केन्द्रित आन्दोलन गर्ने घोषणा गरेको कारण उनिहरु पनि सोही दिन अबेला नै भए पनि आफ्नो गृह जिल्ला चितवन फर्किए । गर्हौ मन लगाएर म पनि उनिहरु बाट बिदा भए । म आफ्नो कोठामा पुगे , उनैले बोलेको , हिडेको , हासेको झझल्को मात्र झल्झल्ती आइरह्यो, सार्है नियास्रो लाग्यो । अनि आफ्नो फोन नम्मर उसको नाम भएको कोलममा परेछ भन्ने ‘सानो बाहाना’ बनाएर उनलाई फोन गरे । उनले पनि राम्रै रेस्पोन्स गरिन । खुशी लाग्यो । त्यस्तै त्यस्तै साना साना बहाना बनाएर उनलाई म फोन गरि रहन्थे । कहिले खाना खाइयो भन्ने सवाल त कहिले घर तिर के कस्तो छ जस्ता झिना मसिना बहाना बनाएर उनि सँग बोल्ने बाटो निकाल्दै बोली सुन्न कै लागी बरोबर फोन गरिरहन्थे ।

त्यस्तै क्रममा लगभग ३ महिना जती बित्यो एक दिन उनलाई आफ्नो मनको कुरा जसरि पनि भन्छु-भन्छु भन्न्ने बिचार आयो । त्यतिकै भन्न हिम्मत जुटाउन नसकिएकोले दुइ गिलास बियर पिएर उनलाई मन पराएको कुरा अनि राजी भए बिबाह गर्ने कुराको प्रस्ताब एकै चोटी, एकै सासमा राखे । उनले मेरो प्रस्ताब ‘हार्दिकता पूर्वक अस्वीकार’ गरिदिइन । “यस्तो नियतले फोन गर्ने हो भने आइन्दा फोन नगर्नु” भनेर कडा रेस्पोन्स दिइन । जुन दिन सायद म जिवनमै सबै भन्दा बढी दुखी भएको थिए । अनि यसो सो चे , मेरो रुप नराम्रो भएर होला उनले मलाई अस्वीकार गरेको । सार्है दुख लाग्यो ।

त्यतिकै भन्न हिम्मत जुटाउन नसकिएकोले दुइ गिलास बियर पिएर उनलाई मन पराएको कुरा अनि राजी भए बिबाह गर्ने कुराको प्रस्ताब एकै चोटी, एकै सासमा राखे । उनले मेरो प्रस्ताब ‘हार्दिकता पूर्वक अस्वीकार’ गरिदिइन । “यस्तो नियतले फोन गर्ने हो भने आइन्दा फोन नगर्नु” भनेर कडा रेस्पोन्स दिइन

त्यस दिन बाट फोन गर्न पनि ‘अड’ लाग्न थाल्यो, अनि पातलिदै गयो फोन सम्पक पनि । त्यतिकैमा लगभग ७ महिना जती बितेको थियो, एक दिन फेरी फोन गरे अनि समान्य कुरा भयो । उनले राम्रो बचन नै बोलिन । त्यसपछी म मा केहि आश पलायो अनि फोन गर्ने कुरा केहि बाक्लिन लाग्यो । उनले मलाई आफ्नो बारेमा सबै बताउन भनिन्, मैले आफ्नो घर परिवार अनि पृस्टभुमी सबै बताए । तत्पस्चात फोनमा कुरा हुने क्रम जारी नै रह्यो । अनि केहि दिन पछी उनलाई पुरानै प्रस्ताब राखे । दोस्रो पटक पनि उनले ‘अस्वीकार’ नै गरिदिइन । तर उनलाई आफ्नो बनाउने सपना भने टुङ्गिएको पक्कै थिएन ।

केहि महिना को गफ पछी मैले आफ्नो पुर्ब प्रस्ताब राखे र माया गरेको कुरा इजहाँ र गरे । मैले हदै गरेको र धेरै नै माया गर्ने कुराको सायद उनले पनि भावानुभुत भएको हुन सक्छ ,
उनले केहि उत्तर दिइनन । उनले त्यो तेस्रो पटकको प्रस्ताव पछी चाही एक चोटी भेटेर कुरा गर्ने भनेर आशय ब्यक्त गरिन । उनकै सल्लाह अनुसार नारायणगढमा भेट्ने योजना भयो । म चितवन गए, उनि आफ्नो साथी सँग आएकी थिइन । त्यहाँ पुगेर मैले साहस बटुलेर आफ्नो उहि पुरानै प्रस्तावको पोको पुन ‘चौथो पटक’ स-बिस्तार लगाए । उनले पनि राम्रै सोचिन सायद्, केहि बोली । केवल आशु खसाएर बसीरहिन्, मलाई उनको झन धेरै माया लाग्यो । केहि बेरको भेट्घाट पछी हामी छुट्टियौ ।

त्यसपछीका दिन हरुमा हामी फोनमा र फेसबूक लगाएतका सन्जालमा दिनमा घटिमा पनि पाच घण्टा भन्दा बढी त कुरा नै गर्थ्यौ होला । हामीमा एक समस्या थियो, हामी दुबै जना ब्राहमण परिवार बाट भए पनि थर ले गर्दा हाम्रो बिहे नहुने कुरा मेरा घर तिरको मनसाय थियो, हामी बिच फोन र अन्य सामाजिक सन्जाल मा धेरै गफ हुन्थ्यो तर अहिलेका युबा-युबतीहरु जस्तो पटक पटक डेटिङ हामी कहिल्यै गएनौ ।क्याम्पस उनको चितवनमा थियो, म काठमाण्डौमा पढ्दथे । समाज शास्त्रमा मैले पाटन बहुमुखी क्याम्पस बाट स्नाकोत्तर तह उत्तिर्ण गरे । एक दिन उनको घरमा पुजाको अवसर पारी मलाई बोलाईन । म गए, उनको परिवारले मलाई मेरो, परिवारको बारेमा सोध्नु भयो । मैले सबै स-बीस्तार लगए । सायद मलाई ठिकै मान्नु भयो कि कसो, त्यसपस्चात दुबै परिवारका सदस्य हरु हाम्रो प्रेममा सकारत्मक हुनु भो ।

यता म चाही रोजगारको सिलसिलामा पोखरा स्थित एक प्रोजेक्टमा सन्योजक पदमा जागिर खान त्यता लागे । हामी दिनमा धेरै पटक कुरा गर्थ्यौ । फोन, म्यासेन्जर अनि इमो लगायत सामाजिक सन्जालमा प्रत्यक घण्टा कुरा भएन भएन भने के नपुगेको, के जस्तो भान हुन्थ्यो । टाढा भएपछी त झन हाम्रो प्रेम अझ बढेर गएको थियो ।

त्यसरि नै दिन काल बित्यो, उनले एक दिन अब जिवन अगाडी बढाउने भए दुबैजना बिदेश गएर केहि कमाउने अनि आएर आफ्नो घर ब्यबहार ब्यबस्थापन गर्ने योजना सुनाइन । तर मेरो बिदेश जाने योजना कहिल्यै नरहेको हुँदा बरु उनलाई गएर आफ्नो अध्ययन सकेर आउन सुझाए । यदी एक-अर्काबाट टाढा हुने भए बरु कानुनी बिबाह गरेर मात्र जाने निस्कर्स निकालिएको हुँदा, प्रस्ताब राखेको लगभग पाच बर्स पछी हामीले दुबै तर्फका परिवारलाई थाह नै नदिइ ‘कानुनी बिबाह’ गर्यौ । जुन काममा उनको हितैसी शोभा अधिकारीले निकै सहयोग गर्नु भएको थियो । कानुनी बिबाह पस्चात उनि सन २०१४ मा स्नातक पास गरिसके पछी थप अध्यायन अनि रोजगारीको लागी जापान हामी दुइ बिचको आपसी सल्लाह अनुसार उनी गइन ।

यता म चाही रोजगारको सिलसिलामा पोखरा स्थित एक प्रोजेक्टमा सन्योजक पदमा जागिर खान त्यता लागे । हामी दिनमा धेरै पटक कुरा गर्थ्यौ । फोन, म्यासेन्जर अनि इमो लगायत सामाजिक सन्जालमा प्रत्यक घण्टा कुरा भएन भएन भने के नपुगेको, के जस्तो भान हुन्थ्यो । टाढा भएपछी त झन हाम्रो प्रेम अझ बढेर गएको थियो । त्यहाँको परियोजना सकिए पछी म धादिङ जिल्लामा बिपद ब्यबस्थापन कार्यक्रम प्रमुखको रुपमा अर्कै प्रोजेक्टमा जागिर खानलाई उता पुगे । त्यहाँ लगभाग साढे दुइ साल जती काम गरे पछि, परियोजना लगभाग मैजारो गरेपछी म ओखलढुङ्गा जिल्लाको त्यस्तै प्रकृतीको अर्को ‘प्रोजेक्ट हेड’ को रुपमा काम गर्नका लागी नियुक्त भए । जुन कार्यालय रामेछाप मन्थलीमा थियो । त्यहाँबाट कार्यक्रम कार्यान्वयन गर्नु पर्थ्यो । मेरो त्यहाँ कर्मचारी साथीहरु सबै प्यारा थिए । सबैलाई म आदर-सम्मान अनि माया गर्थे त्यसैले होला उहहरु बाट पनि राम्रो सद्भाव अनि सहयोग पाइएको थियो । सबै साथिहरु मेहनती थिए । त्यहाँ सबै कुरा राम्रो अवस्था थियो अनि जिवन अच्छा-खासाले चल्दै थियो । त्यही बेलामा हामीहरु दुबै पट्टिका परिवारले हाम्रो माया प्रेमका कुरा थाह पाइसकेका रहेछन भने मेरो परिवार पनि त्यतीनजेल हाम्रो प्रेम स्वीकार गरेर औपचारिक रुप मै बिबाह गरिदिने निर्णयमा पुगिसकेको थिए ।

यता हामी पनि ‘बिदेश धेरै बस्नु ठिक होइन अब अध्ययन सकिए पछी नेपाल नै आएर दुबै जना वकालत पेसा अपनाउने’ योजना बनाएर हामि कानुन पढ्न लाज्ञौ । त्यसबेला म ‘नेपाल ल क्याम्पस’ बाट कानुन सङ्कायमा एल.एल.बि. गर्दै थिए, उनी पनि एल.एल.बि. पहिलो पहिलो बर्समा स्व-अध्ययन गरेर परिक्षाको तयारी गर्दै थिइन, म कलेज गएर कक्षा लिन्थे कहिलेकाही भने उनलाई आफुले पढेको कुरा प्रत्यक दिन अपडेट गराउथे ।

तर सोही बखत मेरो पनि जापानको अचानक भिसा आएकोले हुँदा नेपाल मै वकिल बनी कालो कोट लगाएर दुबै जनाले वकालत पेसा अपनाउने सपना तत्कालका लागी स्थगित भयो ।

हाम्रो पबित्र प्रेममा न त भुगोल ले छेक्यो, न त जात, धर्म गोत्र, रिती रिवाजले नै, न त मेरो असुन्दर रुपले नै रोक्यो । हामीमा एक कुरा धेरै बलियो थियो- त्यो हो बिस्वास । हामी दुबै जनालाई यो कुराको हेक्का राम्रो सँग थियो कि, सम्बन्धमा बलियो बिस्वास हुनु पर्दछ्, यदी बिस्वास भएन भने जसरि मोबाइलमा नेटवर्क नहुँदा नै हो मान्छेले गेम खेल्न सुरु गर्ने । सालमा एकाध पटक मेलो-मेसो मिलाएर उनको घर तिर नै पुगेर भेटघाट गर्ने बाहेक अहिलेको जस्तो घुमफिर गर्ने हुँदैन थियो हाम्रो । परिपक्क कुरा हुन्थ्यो, हाम्रो जिवनलाई अब आउँदा दिनमा कसरी, कुन ढङ्ङले अगाडी बढाउने भन्ने सवाल मै कुरा अनि चिन्ता हुन्थ्यो ।

तर सोही बखत मेरो पनि जापानको अचानक भिसा आएकोले हुँदा नेपाल मै वकिल बनी कालो कोट लगाएर दुबै जनाले वकालत पेसा अपनाउने सपना तत्कालका लागी स्थगित भयो । ओखलढुङ्गाको जागिरको कार्यालय मन्थलीबाट राजिनामा दिएर उनलाई बोलाएर बिबाह गर्ने पारिवारिक सल्लाह अनुसार उनि नेपाल आइन अनि सामान्य रुपमा सामाजिक रितीले हामीले बिबाह गर्यौ । सबै बन्दबस्त मिलाएर मात्र बिहे गर्दा भबिस्य उज्जल हुन्छ भने केवल भबिस्य को चिन्ता र पिर गर्दा गर्दै बढी नै सोचेर होला माया प्रेम सुरु भएको झण्डै ८ बर्स पछी मात्र हामी एक भयौ । दुबै पट्टिका परिवार अहिले खुशी हुनुहुन्छ । हामी बिगत साढे एक साल देखी जापानको यामानसी भन्ने प्रान्तमा बस्दैछौ ।

हाम्रो एक छोरी छिन । उनि पनि ठ्याक्कै उसकी आमा जस्तै राम्री छिन । उनको नाम हामिले हामी दुबै जनाको नाम मिस्रण गराएर ‘कोनिका’ राखेका छौ ।