लकडाउनका कारण संकटमा परेकालाई खाना र वासको प्रवन्ध मिलाउनु‍- देउवा

वैशाख,०५

रामेछाप । पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापती शेर बहादुर देउवाले लकडाउनको कारण काठमाडौं लगायत विभिन्न क्षेत्रबाट खाना र बस्ने व्यवस्था नभएर पैदल हिडेर गाउँ, घरतर्फ गइरहेका नागरिकहरुको संरक्षण गर्न आफ्नो पार्टीका कार्याकर्तालाइ आग्रह गर्नुभएको छ । शुक्रबार टुईटर मार्फ देउवाले आफ्नो पार्टीको भातृ तथा सुवेच्छुक संस्थाका कार्याकर्ताहरुलाई उनीहरुको रक्षा गर्न निर्दशन दिनुभएको हो ।

उहाँले पिडितहरुको संरक्षण गर्दा सामाजिक दुरी कायम राख्न र देशैभरि पीडित बनेर हिडेकाहरुको संरक्षण गर्न आग्रह गर्नुभएको हो ।

उहाँले लेख्नुभएको छ– “लकडाउनको कारण काठमाडौं लगायत विभिन्न क्षेत्रबाट खाना र बस्ने व्यवस्था नभएर पैदल हिडेर घर गइरहेका नागरिकहरुलाई नेपाली ३कांग्रेसका स्थानीय तह र पार्टीको भातृ तथा सुवेच्छुक संस्थाका साथिहरुले सामाजिक दुरी कायम गरी आ–आफ्नो क्षेत्रमा खाना र राती भए वासको प्रवन्ध मिलाउन आग्रह गर्दछु भनिएको छ ।”